सभामुखको पत्र शीतल निवास पुग्यो, आजै नयाँ सरकार गठनको आह्वान हुने



 

 

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएर पदमुक्त भएको जानकारी संसद सचिवालयले राष्ट्रपतिलाई गराएको छ । १३८ मत आवश्यक पर्नेमा ६३ मात्र पाएर प्रधानमन्त्री पदमुक्त भएकाले नयाँ सरकार गठनको आह्वानका लागि सभामुखले मत परिणामसहितको जानकारी शीतल निवास पठाएका हुन् । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदको पत्र शीतल निवास पुगिसकेकाले अब राष्ट्रपतिको आह्वानको पर्खाइमा आफूहरु रहेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन कांग्रेससहितका दलहरुको समर्थन रहेको पत्र तयार रहेकाले राष्ट्रपतिले बोलाउनासाथ जाने तयारी छ । राष्ट्रपतिले आजै संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्ने अपेक्षा रहेको वर्तौलाले बताए । त्यसो भएमा आजै दुई तिहाई बढी सांसदको समर्थनसहित ओलीलाई प्रधानमन्त्री बनाउन दावी पेश हुनेछ । पदमुक्त भएलगत्तै प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भवन गएका छन् । उनले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार बनाउन राष्ट्रपतिलाई आग्रह गरेका छन् । राष्ट्रपतिले आजै शीतल निवासमा संविधानविदहरुसँग पनि छलफल गरेका छन् । राष्ट्रपतिले सरकार गठनको आह्वान नगरे दलहरु समर्थन पत्र लिएर शीतल निवास जाने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर

    चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो