सभामुखको पत्र शीतल निवास पुग्यो, आजै नयाँ सरकार गठनको आह्वान हुने



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएर पदमुक्त भएको जानकारी संसद सचिवालयले राष्ट्रपतिलाई गराएको छ । १३८ मत आवश्यक पर्नेमा ६३ मात्र पाएर प्रधानमन्त्री पदमुक्त भएकाले नयाँ सरकार गठनको आह्वानका लागि सभामुखले मत परिणामसहितको जानकारी शीतल निवास पठाएका हुन् । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदको पत्र शीतल निवास पुगिसकेकाले अब राष्ट्रपतिको आह्वानको पर्खाइमा आफूहरु रहेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन कांग्रेससहितका दलहरुको समर्थन रहेको पत्र तयार रहेकाले राष्ट्रपतिले बोलाउनासाथ जाने तयारी छ । राष्ट्रपतिले आजै संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्ने अपेक्षा रहेको वर्तौलाले बताए । त्यसो भएमा आजै दुई तिहाई बढी सांसदको समर्थनसहित ओलीलाई प्रधानमन्त्री बनाउन दावी पेश हुनेछ । पदमुक्त भएलगत्तै प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भवन गएका छन् । उनले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार बनाउन राष्ट्रपतिलाई आग्रह गरेका छन् । राष्ट्रपतिले आजै शीतल निवासमा संविधानविदहरुसँग पनि छलफल गरेका छन् । राष्ट्रपतिले सरकार गठनको आह्वान नगरे दलहरु समर्थन पत्र लिएर शीतल निवास जाने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सस्तो लोकप्रियतावादबाट देश बदलिदैँन : महासचिव पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद...

वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...