ढुक्क हुनुहोस्, स्वर्ग जाँदा तपाईंलाई सँगै लैजान्छौं : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेका सचिव योगेश भट्टराईले देशलाई अग्रगमनमा लैजान आफूहरुले संविधान संशोधनको कुरा उठाएको बताएका छन् ।प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले प्रचण्डको सहभागितासहित संविधान संशोधन गर्न चाहेको बताए । उनले भने, ‘तपाईंको सहभागितासहित संविधान संशोधन गर्न चाहन्छौं । तपाईंलाई पनि अब जाने ठाउँ छैन । कहाँ जानुहुन्छ ? प्रतिरोध गर्छु, व्रिदोह हुन्छ भन्नुहुन्छ भने अब सम्भव छैन, अब बाटो छैन । तपाईं पनि यही हलभित्रै हो हामीसँगै । त्यसैले हाम्रो अध्यक्षले स्वर्ग गए पनि नर्क गए पनि सँगै भनेको त्यो हो । तपाईंको पदको लागि होइन । सँगै जाऔंला नि भनेको हो । त्यसैले स्वर्ग जाँदा तपाईंलाई पनि सँगै लिएर जान्छौं । नर्क त जाँदै जाँदैनौं । यति कुरा ढुक्क हुनुस् । तपाईंलाई छुट्न दिँदैनौं । छुटेर जाने तपाईंको पनि ठाउँ छैन । त्यसअघि प्रचण्डले विश्वासको मत माग्दै ओलीले आफूलाई स्वर्ग गए पनि नर्क गए पनि सँगै जाऔंला भनेर ढाटेर कांग्रेससँग मिलेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...