ढुक्क हुनुहोस्, स्वर्ग जाँदा तपाईंलाई सँगै लैजान्छौं : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेका सचिव योगेश भट्टराईले देशलाई अग्रगमनमा लैजान आफूहरुले संविधान संशोधनको कुरा उठाएको बताएका छन् ।प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले प्रचण्डको सहभागितासहित संविधान संशोधन गर्न चाहेको बताए । उनले भने, ‘तपाईंको सहभागितासहित संविधान संशोधन गर्न चाहन्छौं । तपाईंलाई पनि अब जाने ठाउँ छैन । कहाँ जानुहुन्छ ? प्रतिरोध गर्छु, व्रिदोह हुन्छ भन्नुहुन्छ भने अब सम्भव छैन, अब बाटो छैन । तपाईं पनि यही हलभित्रै हो हामीसँगै । त्यसैले हाम्रो अध्यक्षले स्वर्ग गए पनि नर्क गए पनि सँगै भनेको त्यो हो । तपाईंको पदको लागि होइन । सँगै जाऔंला नि भनेको हो । त्यसैले स्वर्ग जाँदा तपाईंलाई पनि सँगै लिएर जान्छौं । नर्क त जाँदै जाँदैनौं । यति कुरा ढुक्क हुनुस् । तपाईंलाई छुट्न दिँदैनौं । छुटेर जाने तपाईंको पनि ठाउँ छैन । त्यसअघि प्रचण्डले विश्वासको मत माग्दै ओलीले आफूलाई स्वर्ग गए पनि नर्क गए पनि सँगै जाऔंला भनेर ढाटेर कांग्रेससँग मिलेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...