प्रतिपक्षी दलको ठीक नेता देखिसकेँ : रमेश लेखक



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले राखेका अधिकांश विषयमा आफ्नो असहमति रहेको बताएका छन् । तर पीडा र आक्रोशमा रहेका उनीमाथि राजनीतिक टिप्पणी गरेर थप पीडा दिने परम्परा नभएको उनले बताए । विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै लेखकले कांग्रेस र एमाले मिल्दा लोकतन्त्र कमजोर हुन्छ कि भन्ने अरुको पनि चिन्ता देखिएको बताए । उनले अगाडि भने, ‘आज सम्माननीय प्रधानमन्त्रीजी प्रधानमन्त्रीकै रुपमा रोष्टममा उभिँदा प्रमुख प्रतिपक्षी दलको ठीक नेताका रुपमा देखिसकेको हुँदा अब संसदमा प्रतिपक्ष कमजोर हुन्न कि भन्ने लाग्छ । बरु प्रचण्डलाई ठीक जिम्मेवारी दिन नसक्नु गल्ती हो कि भन्ने लागेको उनले बताए । कांग्रेस प्रमुख सचतेक लेखकले भने, ‘यस्तो जबरजस्त प्रतिपक्ष दलका नेता हुनसक्ने व्यक्तिलाई लामो समय प्रधानमन्त्री बनाएर हामीले हिजो–अस्ती प्रतिपक्षलाई कमजोर गर्यौं कि ? उनले संघीयता, गणतन्त्र, समावेशीता कमजोर नगर्ने भन्दै गलत भाष्य नबनाउन आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...