पुष्पकमल दाहाल प्रचण्ड आजै खुमलटार सर्ने



 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत माग्दैछन् । संसद फेस गर्ने इच्छा गरे पनि प्रधानमन्त्रीले बहुमत पुर्‍याउन सक्ने स्थिति छैन । आफू पदमुक्त हुने निश्चित भएकाले प्रधानमन्त्री परिवारले सरकारी निवास बालुवाटार छोड्ने तयारी गरिसकेको छ । केही सामानहरू ओसारिसकिएको र सर्नका लागि तयारी अवस्थामा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । आचार्यका अनुसार सकभर आजै सर्ने तयारी छ । यदि नयाँ प्रधानमन्त्रीको नियुक्त आजै भयो भने आजै सर्ने गरी तयारी गरिएको छ । प्रधानमन्त्री नियुक्तिमा ढिलाइ भयो भने भोली सर्ने कुरा छ,’ उनले भने । आज संसद बैठकपछि प्रधानमन्त्री प्रचण्ड पार्टी कार्यालय पेरिसडाँडा जानेछन् । त्यहाँबाट उनले जनतालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पेरिसडाँडाबाट उनी खुमलटारतिर लाग्नेछन् । कांग्रेस-एमाले गठबन्धनले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा प्रस्तावित गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २९ असार २०८१, शुक्रबार  ०५ : ५१  बजे

प्रतिक्रिया दिनुहोस
नबिल बैंक ४२औँ वर्षमा प्रवेश

     नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ

३३ अंकले घट्यो नेप्से, ८ अर्बको कारोबार

    मौद्रिक नीति सेयर बजारअनुकूल आएपछि आइतबार बजारमा उत्साह देखियो । सो

एमाले कै सांसदले मागे मन्त्री गुप्ताको बर्खास्ती

    नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार

गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या

    सुनसरीको हरिनगर गाउँपालिका- ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या