पुष्पकमल दाहाल प्रचण्ड आजै खुमलटार सर्ने



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत माग्दैछन् । संसद फेस गर्ने इच्छा गरे पनि प्रधानमन्त्रीले बहुमत पुर्‍याउन सक्ने स्थिति छैन । आफू पदमुक्त हुने निश्चित भएकाले प्रधानमन्त्री परिवारले सरकारी निवास बालुवाटार छोड्ने तयारी गरिसकेको छ । केही सामानहरू ओसारिसकिएको र सर्नका लागि तयारी अवस्थामा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । आचार्यका अनुसार सकभर आजै सर्ने तयारी छ । यदि नयाँ प्रधानमन्त्रीको नियुक्त आजै भयो भने आजै सर्ने गरी तयारी गरिएको छ । प्रधानमन्त्री नियुक्तिमा ढिलाइ भयो भने भोली सर्ने कुरा छ,’ उनले भने । आज संसद बैठकपछि प्रधानमन्त्री प्रचण्ड पार्टी कार्यालय पेरिसडाँडा जानेछन् । त्यहाँबाट उनले जनतालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पेरिसडाँडाबाट उनी खुमलटारतिर लाग्नेछन् । कांग्रेस-एमाले गठबन्धनले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा प्रस्तावित गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...