अशोक राई नेतृत्वको जनता समाजवादीले पनि प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप



हाम्रो इकोनोमि

 

 

शोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । जसपा संसदीय दलको बिहीबार बसेको बैठक विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत दिने निर्णय गरेको हो । २१ असारमा जसपाले मन्त्रीहरूलाई फिर्ता बोलाएर समर्थन फिर्ताको निर्णय लिएको थियो । जबकि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत साथमा २३ वैशाखमा जसपा नेपालका ७ सांसदले अशोक राईको नेतृत्वमा नयाँ दल जसपा गठन गरेका थिए । सरकारकै साथ पाएर दल विभाजन गरेका उनीहरूले तत्काल नयाँ दलको मान्यता पनि पाएका थिए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आफैं प्रचण्ड सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री थिए । तर आफू देश बाहिर रहेको बेला सरकारकै आडमा दल विभाजन भएपछि यादवले सरकार छाड्ने निर्णय लिए । ३१ वैशाखमा यादवसँगै वन राज्यमन्त्री दीपक कार्कीले प्रधानमन्त्रीलाई राजीनामा बुझाए । अनि सरकारलाई दिएको समर्थन पनि फिर्ता लिए ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...