अशोक राई नेतृत्वको जनता समाजवादीले पनि प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप



 

 

शोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । जसपा संसदीय दलको बिहीबार बसेको बैठक विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत दिने निर्णय गरेको हो । २१ असारमा जसपाले मन्त्रीहरूलाई फिर्ता बोलाएर समर्थन फिर्ताको निर्णय लिएको थियो । जबकि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत साथमा २३ वैशाखमा जसपा नेपालका ७ सांसदले अशोक राईको नेतृत्वमा नयाँ दल जसपा गठन गरेका थिए । सरकारकै साथ पाएर दल विभाजन गरेका उनीहरूले तत्काल नयाँ दलको मान्यता पनि पाएका थिए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आफैं प्रचण्ड सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री थिए । तर आफू देश बाहिर रहेको बेला सरकारकै आडमा दल विभाजन भएपछि यादवले सरकार छाड्ने निर्णय लिए । ३१ वैशाखमा यादवसँगै वन राज्यमन्त्री दीपक कार्कीले प्रधानमन्त्रीलाई राजीनामा बुझाए । अनि सरकारलाई दिएको समर्थन पनि फिर्ता लिए ।

प्रतिक्रिया दिनुहोस
बाढीले बीपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता

    अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति

पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालन

     पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीमा पुल भासिएको छ । पूर्व नवलपरासीको

सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्