२९ अंकले बढ्यो नेप्से, ७ अर्बको कारोबार



 

 

तीव्र उतारचढावसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेर २२ सयको बिन्दु माथि पुगेको छ । साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ बिन्दुमा रोकिएको हो ।बिहीबार बजारमा २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयरको खरिद बिक्री हुँदा ७ अर्ब ८ करोड ६ लाख ९८ हजार रूपैयाँको कारोबार भएको छ । बलेफी हाइड्रोपावर, सिटिजन्स सुपर ३० म्युचअल फन्ड, एनआइबीएल स्टेबल फन्ड, जानकी फाइनान्स कम्पनी र सिटिजन्स म्युचअल फन्ड २ को सेयर मूल्य सर्वाधिक बढेको छ । भने, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था, एनएमबी ५० र सेन्चुअरी डेबेन्चर २०८८ को सेयर मूल्यमा धेरै गिरावट भएको छ । त्यसैगरी, कारोबारका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी १५ करोड २५ लाख ८१ हजार रूपैयाँको कारोबारका साथ शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २८ असार २०८१, बिहिबार  १० : ०३  बजे

प्रतिक्रिया दिनुहोस
१० केजी मल दिएर उत्पादन वृद्धि कसरी हुन्छ : बास्काेटा

     सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले किसानलाई मलको व्यवस्था गर्न

कांग्रेस-एमाले मिलेपछि देशमा सुधार आउँदैछ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले

जसपा नेता यादवले भने: मधेश नेपालबाट अलग भएरै छोड्छ

    प्रहरीको खोजीमा रहेका जसपा नेता अशोक यादवले आफ्नो कर्तुतलाई राजनीतिक र

डाक्टरको आन्दोलनले बिरामी अलपत्र

    नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामीहरु