प्रकाशमानको सरकारमा जाने चाहना



 

 

सरकारमा जाने तयारीमा रहेको नेपाली कांग्रेसभित्र शेरबहादुर देउवाबाहेक प्रायः सबै सांसद मन्त्रीका आकांक्षी छन् । यसपटक एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सरकारको नेतृत्व गरेर जान सिनियर नेताहरूले सभापति देउवासँग भेटघाट गरिरहेका छन् । हालैमात्र दिल्लीमा उपचार गराएर फर्किएका कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले बुधबार बिहान देउवालाई भेटेर आफ्नो स्वास्थ्य अवस्था र सरकारमा जाने चाहना खुलेरै व्यक्त गरेका छन् । पत्नी सिर्जना सिंहसहित गएका नेता सिंहले आरजु राणा देउवासँग पनि अलग्गै पारिवारिक वातावरणमा छलफल गरेका थिए । देउवासँग प्रकाशमान दम्पतीले करिब २० मिनेट बेग्लै भेट गरेका थिए । नेता सिंह यसपटक कांग्रेसबाट सरकारको नेतृत्व गरेर जान इच्छुक छन् । उनले १४ औं महाधिवेशनमा देउवालाई सभापति जिताउन गरेको त्यागको समेत स्मरण गराएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
ग्वार्कोको ओभरपास भोलिदेखि संचालनमा आउने

    ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् ।

स्वतन्त्र समूहलाई एकैठाउँमा ल्याउने रास्वपाको पहल

    राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीति पक्षधर तथा स्वतन्त्र समूहहरूसँग सहकार्यको प्रयास

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रिपोर्ट

    दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता

बाढी, पहिरोले बुटवल-नारायणगढ सडक अवरुद्ध

    बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक