प्रकाशमानको सरकारमा जाने चाहना



हाम्रो इकोनोमि

 

 

सरकारमा जाने तयारीमा रहेको नेपाली कांग्रेसभित्र शेरबहादुर देउवाबाहेक प्रायः सबै सांसद मन्त्रीका आकांक्षी छन् । यसपटक एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सरकारको नेतृत्व गरेर जान सिनियर नेताहरूले सभापति देउवासँग भेटघाट गरिरहेका छन् । हालैमात्र दिल्लीमा उपचार गराएर फर्किएका कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले बुधबार बिहान देउवालाई भेटेर आफ्नो स्वास्थ्य अवस्था र सरकारमा जाने चाहना खुलेरै व्यक्त गरेका छन् । पत्नी सिर्जना सिंहसहित गएका नेता सिंहले आरजु राणा देउवासँग पनि अलग्गै पारिवारिक वातावरणमा छलफल गरेका थिए । देउवासँग प्रकाशमान दम्पतीले करिब २० मिनेट बेग्लै भेट गरेका थिए । नेता सिंह यसपटक कांग्रेसबाट सरकारको नेतृत्व गरेर जान इच्छुक छन् । उनले १४ औं महाधिवेशनमा देउवालाई सभापति जिताउन गरेको त्यागको समेत स्मरण गराएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...