राप्रपाले प्रचण्ड सरकारलाई विश्वासको मत नदिने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिने भनेर निर्णय गर्न आज संसदीय दलको बैठक राखेको छ । स्रोतका अनुसार संसदीय दलमा सबैजसो सांसदहरु विश्वासको मत नदिने पक्षमा रहेका छन् । एमाले र माओवादीको गठवन्धन सरकार हुँदा राप्रपा प्रतिपक्षमा थियो । पछिल्लो समय कांग्रेससँग नजिएको राप्रपाले अहिले कांग्रेस–एमालेको नयाँ गठवन्धनमा सामेल हुनेरनहुने निर्णय लिइसकेको छैन । तर, भोलि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिनेमा भने कुनै विवाद नरहेको स्रोत बताउँछ । यद्यपि, आजको वैठकले यस विषयमा निर्णय लिने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिन सक्छ । राप्रपालाई एमाले–कांग्रेस गठवन्धनमा सामेल हुन निम्ता आइसकेको छ । तर, यस विषयमा पार्टी नेताहरु दुई धारमा छन् । अध्यक्ष राजेन्द्र लिङदेनसहितको संस्थापन समूह यस विषयमा लचिलो छ । तर, वरिष्ठ नेता डा .प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री डा. धवलशम्शेर राणा लगायतका नेताहरु सरकारमा नगई आन्दोलनलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...