रविले पार्टी कार्यालय कब्जा गर्‍यो, म अझै महामन्त्री हुँ : मुकुल ढकाल



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट बर्खास्त भएपछि डा. ढकालले सभापति रवि लामिछानेविरुद्ध आगो ओकलेका छन् । आज पत्रकार सम्मेलन गर्दै उनले लामिछानेमाथि विभिन्न आरोप लगाए । सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई हाइज्याक गरेर क्लबमा परिणत गरेको उनको भनाइ थियो । सभापतिमाथि नै प्रश्न उठेपछि आफू वाध्य भएर जनतामा गएको ढकालले बताए । सहकारी प्रकरणमा रास्वपाले पनि छानविन गर्नुपर्ने उनले माग गरे । सर्वोच्च अदालतले पनि फैसला गरिसकेको छ । पार्टीभित्रबाट स्वतन्त्र उच्चस्तरीय छानविन समिति गठन हुनुपर्‍यो,उनले भने, ‘छानबिन समितिमा रवि लामिछानेका गोजीबाट होइन स्वतन्त्र व्यक्तिहरु राख्नुपर्‍यो । उनले रविको पासपोर्टको विषयमा पनि उच्चस्तरीय छानबिन गर्नुपर्ने बताए । ढकालले आफू अझै पनि महामन्त्री रहेको जिकिर गरे । चाहेमा कुर्सीमा गएर बस्न सक्ने तर लफडा गर्ने पक्षमा नरहेको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ताबाट म निलम्बित भएको छैन, उनले भने, ‘मलाई रवि लामिछानेको क्लबबाट हटाइएको हो । सात दिनको म्याद राखेर स्पष्टीकरण सोधिएकोमा त्यो म्याद नसकिँदै कारबाही गर्न नपाउने ढकालले बताए । उपसभापतिबाट निलम्बनको पत्र थमाइएकोमा पनि उनको असन्तुष्टि छ । सभापतिले अधिकार प्रत्यायोजन नगरीकन उपसभापतिले निलम्बन गर्न नसक्ने उनले तर्क गरे । ‘राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान विपरीत स्पष्टीकरणको म्याद नसकिँदै निलम्बनको पत्र थमाउनु गलत छ । रवि लामिछानेको एलिट क्लबले पार्टी कार्यालय कब्जा गर्‍यो, त्यसैले मैले आज यहाँ आएर पत्रकार सम्मेलन गर्नुपरेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...