एमालेले केन्द्रीय सदस्यलाई आफ्नै निर्वाचन क्षेत्रको जिम्मा दिने



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई आफ्नै निर्वाचन क्षेत्रको जिम्मेवारी दिने भएको छ । बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यलाई आफ्नै भूगोलमा फर्काउने निर्णय गरेको छ । गत वर्ष एमालेले केन्द्रीय सदस्यहरुलाई आफ्नो भूगोल भन्दा बाहिर जिम्मेवारी दिएको थियो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार अब केन्द्रीय सदस्यहरुलाई आफ्नै भूगोलमा फर्काइनेछ र सबैभन्दा तल्लो इकाइका रुपमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जिम्मेवारी दिइनेछ । नयाँ कार्यविभाजनको आधार हामीले केन्द्रीय सदस्यहरुलाई सबैभन्दा तल्लो इकाइका रुपमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको जिम्मा (त्यो भन्दामाथिको जिम्मेवारी लिनेले जिल्ला वा प्रदेशको पनि लिन सक्ने हुनुभयो) सबैभन्दा आधारभूत इकाइ निर्वाचन क्षेत्र समन्वय  कमिटीलाई आधार बनाएर कार्यविभाजन गर्नेछौं’, उनले भने । यो कार्यविभाजन भने आगामी बैठकले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...