एमालेले केन्द्रीय सदस्यलाई आफ्नै निर्वाचन क्षेत्रको जिम्मा दिने



 

 

नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई आफ्नै निर्वाचन क्षेत्रको जिम्मेवारी दिने भएको छ । बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यलाई आफ्नै भूगोलमा फर्काउने निर्णय गरेको छ । गत वर्ष एमालेले केन्द्रीय सदस्यहरुलाई आफ्नो भूगोल भन्दा बाहिर जिम्मेवारी दिएको थियो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार अब केन्द्रीय सदस्यहरुलाई आफ्नै भूगोलमा फर्काइनेछ र सबैभन्दा तल्लो इकाइका रुपमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जिम्मेवारी दिइनेछ । नयाँ कार्यविभाजनको आधार हामीले केन्द्रीय सदस्यहरुलाई सबैभन्दा तल्लो इकाइका रुपमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको जिम्मा (त्यो भन्दामाथिको जिम्मेवारी लिनेले जिल्ला वा प्रदेशको पनि लिन सक्ने हुनुभयो) सबैभन्दा आधारभूत इकाइ निर्वाचन क्षेत्र समन्वय  कमिटीलाई आधार बनाएर कार्यविभाजन गर्नेछौं’, उनले भने । यो कार्यविभाजन भने आगामी बैठकले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
अब लोडसेडिङ हुँदैन, इन्भटर र मैनबत्तीको काम छैन : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने

डडेलधुराबाट प्रचण्डले देउवालाई गरे फोन

       नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति

विश्व पौडेलविरुद्धको रिट दरपिठ

    सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । डा.

सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    लामो रस्साकस्सीपछि सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भएको छ