संसदीय समितिले सहकारी पीडितहरूसँग थाल्यो छलफल



हाम्रो इकोनोमि

 

 

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले अहिले सहकारी पीडितहरूसँग छलफल गरिरहेको छ । सिंहदरबारमा जारी छलफलमा समस्याग्रस्त सहकारीबाट पीडित भएका बचतकर्ता तथा सदस्यलगायत उपस्थित छ । सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याबारे उनीहरूसँग प्रत्यक्ष जानकारी लिइएको समिति सभापति सूर्य थापाले बताए । ३२ जना सहभागी छलफलमा सहकारी पीडितका नाममा गठित विभिन्न समितिका संयोजक र प्रतिनिधिमूलक पीडित व्यक्ति छन् । तथ्य प्रमाणसम्म पुग्न पीडितहरुको सुझाव महत्वपूर्ण हुने समितिले विश्वास लिएको थापाले बताए । हिजोमात्र छानबिन समितिले पूर्वदेखि वर्तमान रजिष्ट्रारसाग सामूहिक छलफल गरेको थियो । केही दिनअघि सीआईबी प्रमुख, अपराध अनुसन्धान विभाग प्रमुख, आईजीपी र गृहमन्त्रालयका सचिवसँग सहकारीबाट भएको ठगी र रकम अपचलनसम्बन्धमा परेका उजुरी र अनुसन्धानको प्रक्रियाबारे जानकारी लिइसकिएको छ । त्यस्तै समस्याग्रस्त सहकारीका सञ्चालकसँग पनि समितिले छलफल गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...