संसदीय समितिले सहकारी पीडितहरूसँग थाल्यो छलफल



 

 

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले अहिले सहकारी पीडितहरूसँग छलफल गरिरहेको छ । सिंहदरबारमा जारी छलफलमा समस्याग्रस्त सहकारीबाट पीडित भएका बचतकर्ता तथा सदस्यलगायत उपस्थित छ । सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याबारे उनीहरूसँग प्रत्यक्ष जानकारी लिइएको समिति सभापति सूर्य थापाले बताए । ३२ जना सहभागी छलफलमा सहकारी पीडितका नाममा गठित विभिन्न समितिका संयोजक र प्रतिनिधिमूलक पीडित व्यक्ति छन् । तथ्य प्रमाणसम्म पुग्न पीडितहरुको सुझाव महत्वपूर्ण हुने समितिले विश्वास लिएको थापाले बताए । हिजोमात्र छानबिन समितिले पूर्वदेखि वर्तमान रजिष्ट्रारसाग सामूहिक छलफल गरेको थियो । केही दिनअघि सीआईबी प्रमुख, अपराध अनुसन्धान विभाग प्रमुख, आईजीपी र गृहमन्त्रालयका सचिवसँग सहकारीबाट भएको ठगी र रकम अपचलनसम्बन्धमा परेका उजुरी र अनुसन्धानको प्रक्रियाबारे जानकारी लिइसकिएको छ । त्यस्तै समस्याग्रस्त सहकारीका सञ्चालकसँग पनि समितिले छलफल गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

दल फुटाउने काममा लागेको छैन : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो

वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

    वाणिज्य बैंकहरुले माघ महिनाका लागि  नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने