एमालेले मन्त्री बन्न मापदण्ड बनाउने



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिएपछि सोही दिन नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने गरि एमालेले तयारी गरिरहेको छ ।  ठुला दुई दल कांग्रेस र एमालेबिच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको छ । अहिले ओलीले आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुँदा पार्टीका कस्ता नेतालाई मन्त्रीलाई बनाउँछन् भन्ने विषयले पनि चर्चा पाइरहेको छ ।  अघिल्लो पटक नयाँ अनुहारलाई अवसर दिने नीति लिएको एमाले अब उनीहरु मध्ये केहीलाई फेरि स्थान दिएर अन्य नयाँ पठाउने वा वरिष्ठताका आधारमा मन्त्री छनौट गर्ने भन्ने विषयमा ठोस कुनै नीति बनाएको छैन । आजको बैठकले त्यसलाई मूर्तरूप दिने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । आजको बैठकमा मन्त्रीहरूको मापदण्ड पनि तयार हुन्छ ?’ प्रश्नमा उनी भन्छन्, ‘त्यस विषयमा पछि छलफल हुन्छ सरकारमा कसरी जाने र सरकारमा सहभागी हुने मन्त्रीहरूको विषयमा केही नीति अवश्य बन्ला ।’ उनले विशेषगरि समसामयिक राजनैतिक विषय ,रिक्त पदपूर्ति र जिम्मेवारीका विषयमा बैठकमा छलफल हुने बताए ।२०८० साल जेठमा बसेको केन्द्रीय सचिवालय बैठकले एमालेले नेताहरूलाई अन्तर प्रदेश र अन्तर क्षेत्रका फरक फरक भूगोलमा कार्यक्षेत्र रहने गरी खटाएको थियो । जसअनुसार इन्चार्जहरूलाई अन्तर प्रदेश र जिल्ला इन्चार्जहरूलाई अन्तर जिल्ला इन्चार्जका रूपमा खटाएको थियो । त्यसैगरी केन्द्रीय सदस्यहरूलाई निर्वाचन क्षेत्र हुँदै पालिका तहसम्मको जिम्मेवारी दिइएको थियो ।पार्टी सचिवलाई फरक– फरक प्रदेश इन्चार्ज तोकेको थियो ।जसअनुसार सचिव रघुवीर महासेठलाई कोशी, योगेश भट्टराईलाई मधेस, गोकर्ण विष्टलाई गण्डकी, पद्मा अर्याललाई लुम्बिनी, लेखराज भट्टलाई कर्णाली र छविलाल विश्वकर्मालाई सुदूरपश्चिमको इन्चार्ज बनाएर एमालेले कार्य विभाजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...