प्रधानमन्त्री प्रचण्डले अझै राजनीतिक खेल बुझ्नुभएको छैन : केसी



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक खेल बुझ्न नसकेको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदभित्र र बाहिर दुई ठूला पार्टी मिलेपछि नेपाल सबै क्षेत्रमा सबल हुनेवाला रहेको भन्ने स्वर सुनिरहेको बताए । तर, आफूले नेपाली कांग्रेस र नेकपा एमालेसँग लामो समयदेखि संगत गरेकाले खेल सबै बुझेको उनले सुनाए ।  नेपालमा बहुदलीय व्यवस्था ल्याउँदा र यो व्यवस्था ल्याइसकेपछि म यिनै ठूला पार्टीसँगै छु । त्यसकारण मैले सुरुमै भनेको थिएँ–यदि तपाईंहरू संसदीय व्यवस्था मान्ने भएको भए ठूला पार्टीले नेतृत्व नगरेर सानो पार्टीलाई किन दिनुभयो ?  केसीले भने । तर प्रचण्डले खेल बुझ्न नसकेको उनले बताए । ‘सानो पार्टी, वर्तमान प्रधानमन्त्रीले बुझ्नु भएन खेल । तपाईं पुस १० गते जहाँ पुग्नुभयो त्यही दिनदेखि तपाईंलाई दशा सुरु भएको थियो । त्यो बुझ्नु भएन । यसो भन्दा नराम्रो लाग्ला– तपाईं कति चोटी बालकोट जानुभयो ? कतिपटक बूढानीलकण्ठ पुग्नुभयो ? यसरी चल्छ राजनीति ?’ उनले प्रश्न गरे ।

पछिल्लो पटक कांग्रेससँगको समीकरण बदलिएर एमालेसँग समीकरण बनाउँदा प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउनका लागि नगरिएको उनले बताए । ‘पछिल्लो पटक तपाईंलाई पाँचै वर्षको लागि सत्तामा शक्तिमा राख्न संसदभित्रको दोस्रो पार्टी मिसिएको थिएन । तपाईंले बल्ल भोग्नुभयो केसीले भने । एमालेसँगको समीकरणपछि मन्त्रिपरिषद् गठन हुँदै यसको दृश्य देखिएको उनको दाबी छ । तपाईंको भन्दा ठूलो पार्टीले अर्थ मन्त्रालय किन लिएन ? गृह मन्त्रालय किन लिएन ? त्यतिबेला म राजनीति नजान्ने मान्छेले पनि अड्कल गरेको थिएँ– केही न केही त पक्कै छ । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग मिसिनु नै प्रचण्डको सत्ता बर्हिगमनको कारण भएको उनको भनाइ छ । बूढानीलकण्ठको आफ्नो पार्टीभित्र केही विवाद भएको कारणलाई आधार बनाएर फुत्त तपाईं (प्रचण्ड) बालकोट पुग्नुभयो । त्यसको परिणाम भोग्नुभएको छ अहिले । अब केही गरे पनि दुइटा ठूला पार्टी मिसिइसकेपछि हुनेवाला केही छैन । मुखको तितो पोख्ने कुरा मात्रै हो, सांसद केसीले भने ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...