नयाँ सरकार संविधानकै धाराबाट बन्छ : एमाले



 

 

नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले सरकारमा जानकै लागि नभएर निश्चित उद्देश्य लिएरमात्रै एमाले सरकारमा जाने जिकिर गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अब बन्ने सरकार संविधानको धाराभित्रैबाट भन्ने बताए । नेकपा माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ (३) अनुसार नयाँ सरकार बन्ने जिकिर गरिरहेका बेलामा उनले त्यसको जवाफ दिँदै भने, ‘अब बन्ने सरकार संविधानकै धाराभित्रबाट बन्ने हो । बालाजुको बाइसे धाराबाट बन्दैन । त्यसको चिन्ता तपाईंहरुले गर्नुपर्दैन । कांग्रेसले संविधानको धारा ७६ (२) अनुसार एमालेका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने सहमति गरेको छ, तर ३ मा गए सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । राजनीतिक स्थिरता कायम गर्ने उद्देश्यले नै कांग्रेससँग मिलेको एमाले सांसद रिजालले जिकिर गरे । प्रधानमन्त्री प्रचण्ड गतिशील नभएर अस्थिर भएको उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
अब लोडसेडिङ हुँदैन, इन्भटर र मैनबत्तीको काम छैन : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने

डडेलधुराबाट प्रचण्डले देउवालाई गरे फोन

       नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति

विश्व पौडेलविरुद्धको रिट दरपिठ

    सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । डा.

सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    लामो रस्साकस्सीपछि सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भएको छ