आरजुलाई उपप्रधानसहित परराष्ट्रमन्त्री बनाउने देउवाको तयारी



हाम्रो इकोनोमि

 

 

काङ्ग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरेर जानसक्नेमा उपसभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता कृष्ण सिटौलाको नाम लिइन्छ । सभापति शेरबहादुर देउवा आफ्नै श्रीमती आरजुलाई उपप्रधानमन्त्रीको हैसियतसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन चाहनुहुन्छ । राष्ट्रियसभाको अध्यक्ष बनाउने निधो भएर पनि माओवादीले धोखा दिएका कारण उक्त जिम्मेवारी पाउनबाट वञ्चित रहेका सिटौलालाई उपप्रधानमन्त्रीको हैसियतसहित गृह मन्त्रालयको जिम्मेवारी दिनुपर्ने धारणा कतिपयले राखेका छन् । सिटौला स्वयम्को दाबी पनि सरकारमा काङ्ग्रेसको तर्फबाट नेतृत्व गर्न पाउनुपर्छ भन्ने रहेको छ । तर अधिकाङ्शको भनाई भने उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जानु उपयुक्त हुन्छ भन्ने रहेको छ । यसरी वरिष्ठ नेताहरूको नाम आएको भएपनि देउवा यसपटक पत्नी आरजुलाई नै सरकारमा पठाउन चाहनुहुन्छ । सके नेतृत्व नै गराएर नसके मन्त्रीमात्र बनाएर भएपनि आरजुलाई सरकारमा पठाउने निधो देउवाले गरिसक्नुभएको बुझिएको छ ।पहिले गिरिजाप्रसाद कोइरालाले सुजातालाई उपप्रधानमन्त्रीको दर्जासहित सरकारमा सामेल गर्न ढिला गरेका कारण गिरिजा जीवित रहँदै सुजाता स्थापित हुन नसकेको पीडा नदोहोरियोस् भनेर पनि देउवाले यसपालि आरजुलाई मन्त्री बनाउन लागेको बताइन्छ । अन्य सम्भावित मन्त्रीहरूमा उदयशमशेर राणा, एनपी साउद, रमेश लेखक, सन्जय गौतम, ज्ञानेन्द्रबहादुर कार्की, दीपक खड्का, जीवन परियार आदिको नाम चर्चामा रहेको छ । एमालेको तर्फबाट पनि यसपटक सिनियर नेताहरूलाई मन्त्रिमण्डलमा सामेल गर्ने सोच बनेको बुझिएको छ । पार्टीमा विभिन्न गुटलाई समेत भाग दिनुपर्ने भएकोले शेखर कोइराला र शशाङ्क कोइराला लगायतलाई पनि मन्त्री दिनुपर्ने बाध्यतामा देउवा हुनुहुन्छ । मौका पाउनेबित्तिकै ज्यादा विरोध गर्ने हुनाले गगन थापालाई समेत मन्त्री दिएर मुख बन्द गराउने सुझाव देउवालाई उहाँका हितैषीहरूले दिएका छन् । यदि हितैषीका सुझावलाई देउवाले सुन्नुभयो भने गगनसमेत मन्त्रिमण्डलमा पर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...