आरजुलाई उपप्रधानसहित परराष्ट्रमन्त्री बनाउने देउवाको तयारी



 

 

काङ्ग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरेर जानसक्नेमा उपसभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता कृष्ण सिटौलाको नाम लिइन्छ । सभापति शेरबहादुर देउवा आफ्नै श्रीमती आरजुलाई उपप्रधानमन्त्रीको हैसियतसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन चाहनुहुन्छ । राष्ट्रियसभाको अध्यक्ष बनाउने निधो भएर पनि माओवादीले धोखा दिएका कारण उक्त जिम्मेवारी पाउनबाट वञ्चित रहेका सिटौलालाई उपप्रधानमन्त्रीको हैसियतसहित गृह मन्त्रालयको जिम्मेवारी दिनुपर्ने धारणा कतिपयले राखेका छन् । सिटौला स्वयम्को दाबी पनि सरकारमा काङ्ग्रेसको तर्फबाट नेतृत्व गर्न पाउनुपर्छ भन्ने रहेको छ । तर अधिकाङ्शको भनाई भने उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जानु उपयुक्त हुन्छ भन्ने रहेको छ । यसरी वरिष्ठ नेताहरूको नाम आएको भएपनि देउवा यसपटक पत्नी आरजुलाई नै सरकारमा पठाउन चाहनुहुन्छ । सके नेतृत्व नै गराएर नसके मन्त्रीमात्र बनाएर भएपनि आरजुलाई सरकारमा पठाउने निधो देउवाले गरिसक्नुभएको बुझिएको छ ।पहिले गिरिजाप्रसाद कोइरालाले सुजातालाई उपप्रधानमन्त्रीको दर्जासहित सरकारमा सामेल गर्न ढिला गरेका कारण गिरिजा जीवित रहँदै सुजाता स्थापित हुन नसकेको पीडा नदोहोरियोस् भनेर पनि देउवाले यसपालि आरजुलाई मन्त्री बनाउन लागेको बताइन्छ । अन्य सम्भावित मन्त्रीहरूमा उदयशमशेर राणा, एनपी साउद, रमेश लेखक, सन्जय गौतम, ज्ञानेन्द्रबहादुर कार्की, दीपक खड्का, जीवन परियार आदिको नाम चर्चामा रहेको छ । एमालेको तर्फबाट पनि यसपटक सिनियर नेताहरूलाई मन्त्रिमण्डलमा सामेल गर्ने सोच बनेको बुझिएको छ । पार्टीमा विभिन्न गुटलाई समेत भाग दिनुपर्ने भएकोले शेखर कोइराला र शशाङ्क कोइराला लगायतलाई पनि मन्त्री दिनुपर्ने बाध्यतामा देउवा हुनुहुन्छ । मौका पाउनेबित्तिकै ज्यादा विरोध गर्ने हुनाले गगन थापालाई समेत मन्त्री दिएर मुख बन्द गराउने सुझाव देउवालाई उहाँका हितैषीहरूले दिएका छन् । यदि हितैषीका सुझावलाई देउवाले सुन्नुभयो भने गगनसमेत मन्त्रिमण्डलमा पर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

    सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सम्झौता

    ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच स्वीच एसिया ग्रान्ट

रास्वपाका कार्यकर्ताद्धारा पत्रकारमाथि हातपात, महासंघको विरोध

    पोखरामा रविको समर्थनमा उत्रिएका रास्वपाका कार्यकर्ताले पत्रकारमाथि हातपात गरेको भन्दै नेपाल

प्रधानमन्त्री केपी ओलीविरुद्ध रवि लामिछानेको कडा आक्रोश

     प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी