संसदीय समितिले २०७४ पछिका सहकारी विभागका सबै रजिष्ट्रारसँग छलफल गर्ने



हाम्रो इकोनोमि

 

 

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलबार २०७४ साल भन्दापछिका सहकारी विभागका सबै रजिष्ट्रारसँग छलफल गर्ने भएको छ । सोमबार बसेको बैठकले मंगलबारको बैठकमा सहकारी क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थासँग छलफल गर्ने क्रममा सहकारी विभागका २०७४ देखि यताका रजिष्ट्रारसँग छलफल गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णयबारे जानकारी दिँदै समितिका सभापति सूर्यबहादुर थापाले भने, ‘सहकारी ऐन २०७४ जारी भइसकेपछि सहकारी विभागको रजिष्ट्रार रहनुभएका अधिकारीसँग हामी छलफल गर्छौं । खासगरी २०७४ सालपछि विभागका रजिष्ट्रार रहेका व्यक्तित्वलाई आमन्त्रित गरेका छौं । त्यसपछि अर्को दिन सहकारी पीडितका प्रतिनिधिको प्रतिनिधिमुलक छलफल गर्ने हामीले योजना बनाएका छौ । सोमबार समितिले बैंकर एसोसिएसनका अध्यक्ष, सहकारी सुझाव समितिका संयोजक डा.जयकान्त राउतसँग छलफल तथा सुझाव लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...