संसदीय समितिले २०७४ पछिका सहकारी विभागका सबै रजिष्ट्रारसँग छलफल गर्ने



हाम्रो इकोनोमि

 

 

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलबार २०७४ साल भन्दापछिका सहकारी विभागका सबै रजिष्ट्रारसँग छलफल गर्ने भएको छ । सोमबार बसेको बैठकले मंगलबारको बैठकमा सहकारी क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थासँग छलफल गर्ने क्रममा सहकारी विभागका २०७४ देखि यताका रजिष्ट्रारसँग छलफल गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णयबारे जानकारी दिँदै समितिका सभापति सूर्यबहादुर थापाले भने, ‘सहकारी ऐन २०७४ जारी भइसकेपछि सहकारी विभागको रजिष्ट्रार रहनुभएका अधिकारीसँग हामी छलफल गर्छौं । खासगरी २०७४ सालपछि विभागका रजिष्ट्रार रहेका व्यक्तित्वलाई आमन्त्रित गरेका छौं । त्यसपछि अर्को दिन सहकारी पीडितका प्रतिनिधिको प्रतिनिधिमुलक छलफल गर्ने हामीले योजना बनाएका छौ । सोमबार समितिले बैंकर एसोसिएसनका अध्यक्ष, सहकारी सुझाव समितिका संयोजक डा.जयकान्त राउतसँग छलफल तथा सुझाव लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...