गोजीमा बोकेको राजीनामा खोइ : प्रमुख सचेत बर्तौला



 

 

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनी प्रश्न गरेका छन् । सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीहरूले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको बताए । उनले गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनी प्रश्न गरे । उनले दलबाट राजीनामा दिने निर्णय गरिसकेर पनि प्रधानमन्त्रीले कानमा गाउँ खाने कथा सुनाएपछि राजीनामा खुत्रुकेमा हालेका टिप्पणी गरे । उनले मन्त्रीहरूलाई आफू पदमा बसुन्जेल कुन-कुन फाइल खोल्नुपर्ने हो खोल्नका लागि चुनौती समेत दिए । प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्रीले बालुवाटारमा बसेर सरकार गठनको संवैधानिक प्रावधानलाई बंग्याउन खेतीपाती गरिरहेको बताए ।

प्रकाशित मिति : २५ असार २०८१, सोमबार  ०७ : २९  बजे

प्रतिक्रिया दिनुहोस
नबिल बैंक ४२औँ वर्षमा प्रवेश

     नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ

३३ अंकले घट्यो नेप्से, ८ अर्बको कारोबार

    मौद्रिक नीति सेयर बजारअनुकूल आएपछि आइतबार बजारमा उत्साह देखियो । सो

एमाले कै सांसदले मागे मन्त्री गुप्ताको बर्खास्ती

    नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार

गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या

    सुनसरीको हरिनगर गाउँपालिका- ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या