नेप्से दोहोरो अंकले वृद्धि, ६ अर्ब बढीको कारोबार



 

 

साताको पहिलो कारोबारका दिन शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ बिन्दुमा अडिएको हो । यस दिन बजारमा १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ ।दोहोरो अंकले परिसूचक बढे पनि मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमा भने नेगेटिभ सर्किट लागेको छ । त्यस्तै, गुडविल फाइनान्स लिमिटेड, आइसीएफसी फाइनान्स र अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक घाटा ब्यहोरेका छन् । गत साताको दोस्रो कारोबारपछि निरन्तर बढीरहेको नेप्से आज पनि बढेको हो । कारोबारका आधारमा २१ करोड ७१ लाख ४८ हजार रुपैयाँको कारोबारसहित एनआरएन इन्फास्टक्चर एन्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहको छ ।

प्रतिक्रिया दिनुहोस
बाढीले बीपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता

    अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति

पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालन

     पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीमा पुल भासिएको छ । पूर्व नवलपरासीको

सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्