धारा ७६ (२) कि (३) को सरकार भन्ने राष्ट्रपतिको कुरा हो : रघुजी पन्त



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद रघुजी पन्तले नैतिकताको आधारमा राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । नैतिक कुराहरु संविधानमा नलेखिने भन्दै उनले नेकपा एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा प्रधानमन्त्रीले संविधानको व्यवस्था देखाएर नैतिकता भुल्न नहुने बताए । अहिलेको नैतिकता भनेको प्रधानमन्त्रीले राजीनामा दिनुहोस् । यद्यपि, उहाँलाई संविधानले समय दिएको छ । विश्वासको मत लिन्छु भन्ने अधिकार दिएको छ । तर, नैतिक पक्ष त्यो होइन’, सांसद पन्तले भने । प्रधानमन्त्रीले बहुमत गुमाइसकेको उल्लेख गर्दै उनले यस्तो बेलामा अबको सरकार धारा ७६ (२) अनुसार सरकार बन्ने कि ७६ (३) अनुसार बन्ने भन्ने विषय राष्ट्रपतिको चिन्ताको विषय भएको बताए । अल्पमतमा परिसकेपछि पनि २ मा जान्छ कि ३ मा जान्छ, यो राष्ट्रपतिज्यूको चिन्ताको विषय हो । प्रधानमन्त्रीको काम बहुमत नभइसकेपछि तत्काल राजीनामा गरेर बाटो फुकाउने हो’, उनले भने । संविधानको धारा ७६ मा सरकार गठन सम्बन्धी व्यवस्था छ । ७६(१) मा एकल बहुमतको सरकार, ७६(२)मा दुई वा दुई भन्दा बढी दलको सरकार र ७६(३) मा सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको नेतृत्वको सरकार गठन हुने व्यवस्था छ । ७६(२) अनुसार गठन भएको प्रचण्ड नेतृत्वको सरकार राजनीतिक रुपमा अल्पमतमा परेको छ । प्रधानमन्त्री प्रचण्डले यही सरकार २८ गते विश्वासको मत लिने तय गरेका छन् । प्रचण्डले विश्वासको मत नपाएपछि धारा ७६ (२) अनुसार नै अर्को सरकार गठन आह्वान गर्ने कि धारा ७६ (३) अनुसार भन्ने विषयमा राजनीतिक वृत्तमा प्रश्न उठेका बेला पन्तले यो चिन्ता राष्ट्रपतिलाई छाडिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...