जीवी राई पक्राउ गर, लडाकु शिविरको फाईल खोल : सांसद शाही



 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले लडाकु शिविर (क्यान्टोनमेन्ट) को फाइल अगाडि बढाउन गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् । भ्रष्टाचारका फाइल खोल्दा सरकार परिवर्तन गरिएको भन्ने गृहमन्त्री लामिछानेको भनाइ लक्षित गर्दै उनले क्यान्टेमन्टको घोटालामा संलग्न व्यक्तिको नाम रोष्ट्रमबाट बताए आफ्नो समर्थन रहने बताए । उनले भने, ‘क्यान्टोनमेन्टको घोटलामा कसको नाम छ । उसलाई अगाडिको रोस्टममा आएर बताउनुहोस् हामी तपाईँलाई समर्थन गर्छोँ । जीवी राईलाई पक्राउ गरेर ल्याए संसदमा फूलमालाले गृहमन्त्रीलाई स्वागत गर्ने उनले बताए । जनता पूराना दलका प्रताडित भएर नयाँलाई देशका लागि निर्वाचित गरेको भन्दै पद र प्रतिष्ठाका लागि काम नगर्न पनि उनले आग्रह गरे । आफ्नो पद धरापमा पर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जस्तै गरी गृहमन्त्रीको अभिव्यक्ति पनि आउन थालेको उनको भनाइ छ । उनले भने, ‘एकजना सम्माननीय नेता नै हुनुहुन्छ यो संसदमा । उहाँ आफू पदमा हुँदा सबै सहि भन्नुहुन्छ । जब पदबाट जान लाग्नुभयो तब गणतन्त्र खतरामा पर्‍यो धर्म निरपेक्षमता खतरामा पर्‍यो भन्नुहुन्छ । अहिले गृहमन्त्री ज्यूको भाका त्यही भएको छ । हुन त सरकारमा पनि सँगै हुनुहुन्छ । फाइल खोल्ने थेँ त्यही भएर सरकार ढाले भन्नुहुन्छ । अझै साथ दिन्छ फाइल खोलौँ झ्यामकी झ्यामा यहाँबाट पक्राउ गरेर जेल हाल्नुस् हामी साथ दिन्छौँ । खोल्नुहोस् न फाइल कसले रोकेको छ । उनले भने, ‘मलाई मेरा गृहमन्त्रीज्यूबाट केही माग्नु छैन । जीवी राई पक्राउ गरेर ल्याउनुहोस् यहि संसदमा फूलमालाले स्वागत गर्छौँ । ७२ घण्टामा निर्मलाको हत्यारा पत्ता लगाउँछु भन्नुभयो सबैले पत्यायोँ । आज १२४ दिन भयो गृहमन्त्री हुनुभएको खोई ? उनले संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु