प्रचण्डको अस्थिरताबाट देशलाई थप बिग्रिन नदिन कांग्रेस-एमाले सहकार्य : योगेश



 

 

नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा देखिएको निरन्तरको चरम अस्थिरताले देशले आत्मविश्वास नै गुमाउन थालेपछि कांग्रेस र एमाले मिल्नुपर्ने परिस्थिति बनेको दाबी गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद भट्टराईले संविधान जारी भएको ८ वर्षभित्र प्रचण्डले ६ पटकभन्दा बढी यता र उता गर्दै सत्ताको खेलमा लिप्त रहेका कारण उनको स्वभाव बुझ्नै गाह्रो भएको बताए । भट्टराईले विगतदेखि नै देशलाई अप्ठेरो परेका बेला एमाले र कांग्रेस मिलेर निकास दिने गरेको भन्दै यसपटक पनि प्रचण्डको चालबाजी शेरबहादुर देउवा र केपी शर्मा ओली मिलेर असफल बनाएको दाबी गरे । भट्टराईले अब कांग्रेस र एमालेबीचमा देशको आत्मविश्वास बढाउन र लगानीको वातावरण बनाएर अर्थतन्त्र लयमा फर्काउन बलियो सरकारको सहमति भएको बताए । नेपाल सही बाटोमा जाँदैछ भन्ने विश्वास विश्व समुदायलाई दिनका लागि कांग्रेस र एमाले मिल्नुपरेको भट्टराईले बताए ।

प्रकाशित मिति : २४ असार २०८१, आइतबार  ०८ : १७  बजे

प्रतिक्रिया दिनुहोस
विद्या भण्डारी राजनीतिमा आउनुहुन्न : अध्यक्ष ओली

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा

एमालेको सचिवालय बैठकमा विधान संशोधनबारे छलफल

    नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । विधान महाधिवेशनको तयारीका

बिहानबाटै पशुपतिनाथमा भक्तजनको भिड

    श्रावण महिनाको पहिलो दिन श्रावण सङ्क्रान्तिको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको

सेयर बजार कारोबार १४ अर्ब नाघ्यो

   बुधबार सेयर बजारको परिसूचक नेप्से १.२५ प्रतिशत (३४.६१ अंक) बढेको छ ।