प्रचण्डको अस्थिरताबाट देशलाई थप बिग्रिन नदिन कांग्रेस-एमाले सहकार्य : योगेश



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा देखिएको निरन्तरको चरम अस्थिरताले देशले आत्मविश्वास नै गुमाउन थालेपछि कांग्रेस र एमाले मिल्नुपर्ने परिस्थिति बनेको दाबी गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद भट्टराईले संविधान जारी भएको ८ वर्षभित्र प्रचण्डले ६ पटकभन्दा बढी यता र उता गर्दै सत्ताको खेलमा लिप्त रहेका कारण उनको स्वभाव बुझ्नै गाह्रो भएको बताए । भट्टराईले विगतदेखि नै देशलाई अप्ठेरो परेका बेला एमाले र कांग्रेस मिलेर निकास दिने गरेको भन्दै यसपटक पनि प्रचण्डको चालबाजी शेरबहादुर देउवा र केपी शर्मा ओली मिलेर असफल बनाएको दाबी गरे । भट्टराईले अब कांग्रेस र एमालेबीचमा देशको आत्मविश्वास बढाउन र लगानीको वातावरण बनाएर अर्थतन्त्र लयमा फर्काउन बलियो सरकारको सहमति भएको बताए । नेपाल सही बाटोमा जाँदैछ भन्ने विश्वास विश्व समुदायलाई दिनका लागि कांग्रेस र एमाले मिल्नुपरेको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...