प्रचण्डलाई तत्काल राजीनामा दिन एमालेको माग



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ । प्रतिनिधि सभाको बैठक अगाडि बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन सुझाएको थियो । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने तयारी गरेका छन् । यही असार २८ गते प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत लिने तय भएको छ, प्रधानमन्त्रीले राजीनामा नदिएर विश्वासको मत लिए विश्वासको मत नदिने निर्णय एमाले संसदीय दलले गरेको छ । वर्तमान सरकारलाई एमाले लगायत बिभिन्न राजनीतिक पार्टीहरुले दिएको समर्थन फिर्ता लिइसकेपछि स्पष्ट अल्पमतमा परेको छ । अझै पनि राजीनामा दिएको अवस्था छैन् । राजीनामा नदिइ बस्नु अनुचित हो,’ बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘प्रधानमन्त्रीलाई अविलम्ब राजीनामा  दिएर राष्ट्रिय सरकार निर्माणको प्रक्रियालाई सहयोग गर्ने गरी मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ ।’

एमालेले राष्ट्रिय सरकार गठनका लागि कांग्रेसले गरेको निर्णयको स्वागत गरेको छ । कांग्रेस र एमालेले यही असार १७ गते सत्ता समीकरणमा समझदारी गर्दै आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेका छन् । पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने दुई दलबीच समझदारी भएको छ । अल्पमतमा परेर सरकार कामचलाउ भइसके पनि मन्त्रिपरिषदबाट विभिन्न निर्णय गरिरहेको भन्दै एमालेले कुनै पनि निर्णय नगर्न सचेत समेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...