हालसम्म देशभर बाढी-पहिरोमा १५ जनाको मृत्यु, ३ जना बेपत्ता



हाम्रो इकोनोमि

 

 

शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १५ जनाको मृत्यु भएको छ । बाढी पहिरालगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन् । १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर काठमाडौँमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलाञ्चोकमा दुई, पाल्पामा एक, तनहुँमा तीन तथा दाङमा २ जना गरी १५ जनाको मृत्यु भएको छ । काठमाडौंस्थित नागार्जुन नगरपालिका–३ को पहिरोमा पुरिएर गोरखा लखन थापा गाउँपालिका–६ का मनोज बिकको मृत्यु भएको थियो । पहिरोमा परी उदयपुरको रौतामाई गाउँपालिका–५ का राज राई, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ बस्ने जालमाया रुजालमगर र सेतीमाया रुजालको मृत्यु भएको छ । त्यसैगरी पहिरोमा पुरिएर तनहुँको शुक्लागण्डकी नगरपालिका–७ बस्ने हिरा नेपाली, अनिशा वास्तोला, श्याम भण्डारी, स्याङ्जा बिरुवा गाउँपालिका–६ स्याङ्दी बस्ने गुईश्वरी शर्मा मरासिनी, माधव शर्मा, हरिमाया शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । पर्वतको फलेबास नगरपालिका–१ कार्किनेटा बस्ने झलकप्रसाद शर्मा, तुलसीप्रसाद शर्मा, पाल्पाको माथागढी गाउँपालिका–६ की रिमा सराहा रानामगर तथा दाङको लमही नगरपालिका–८ बग्रपुर बस्ने मनियम चौधरीकोसमेत पहिरोमा परी मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । बाढी र पहिरामा परी बेपत्ता हुनेमा दोलखा गौरीशङ्कर गाउँपालिका–९का जाङ्मु शेर्पा, दाङको राजपुर गाउँपालिका–२ का राजकुमार यादव तथा स्याङ्जा भिरकोट नगरपालिका–५ ज्यामिरेकी खेमकुमारी मल्ल रहेका छन् ।हालसम्म तनहुँमा पाँच जना, गुल्मीमा एक जना, ओखलढुङ्गामा दुई जना, काठमाडौँमा तीन जना, चितवनमा एक जना तथा स्याङ्जामा छ जना गरी १८ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ । भारी वर्षाका कारण आज पनि देशभर जनजीवन प्रभावित भएको तथा कोशी नारायणीलगायत ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...