ओलीकै नेतृत्वमा ७६ (२) अनुसार नयाँ सरकार गठन हुन्छ : कांग्रेस



 

 

 नेपाली कांग्रेसले अब बन्ने सरकार नेपालको संविधान ७६ (२) अनुसार नै बन्ने दाबी गरेको छ । आज बसेको संसदीय दलको बैठकले एमालेसँग भएको सहमतिअनुसार नै अब बन्ने सरकारको नेतृत्व केपी ओलीले गर्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । उनले भने, ‘हामी एमालेसँग भएको सहमति कार्यान्वयनमा दृढ छौं । त्यो सरकार संविधानको धारा ७६ (२) अनुसार नै बन्छ । अहिले प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ । आजको बैठकले प्रधानमन्त्रीले राखेको प्रस्तावको विपक्ष उभिने निर्णय गरेको छ । प्रमुख सचेत लेखकले राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई बैठकले अनुमोदन गरेकोसमेत बताए ।

प्रकाशित मिति : २३ असार २०८१, शनिबार  ११ : २२  बजे

प्रतिक्रिया दिनुहोस
रसुवा बाढी : ११ जनाको शव फेला पर्‍यो, १७ अझै बेपत्ता

    रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता ११ जनाको शव फेला

इजरायली सेनाको आक्रमणमा कम्तीमा ११० जना प्यालेस्टिनी मारिए

    गाजामा इजरायली सेनाको आक्रमणमा शनिबार कम्तीमा ११० जना प्यालेस्टिनी मारिएका छन्

कपिलवस्तुमा बस दुर्घटना, २९ जना घाइते (नामावली)

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका-९ मा बस दुर्घटना हुँदा घाइते भएका

छाउगोठमा सर्पले टोक्दा एक महिलाको मृत्यु

     कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ निगालीमा एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको छ