टीभीमा बोल्दा उथलपुथल गर्छु भन्थे, प्रश्न गर्नेलाई पार्टीबाट निकाले : भीम रावल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता भीम रावल उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि खनिएका छन् । सहकारी रकम अपचलनपछिको परिस्थितिबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सहकारी ठगीमा संलग्न व्यक्तिलाई जोगाउन प्रहरी प्रशासन र राजनीतिक दलका शीर्ष नेताहरु लागेको जिकिर गरे । उनले भने, ‘अहिले पार्टीमा केही सोध्न पनि पाइँदैन, भर्खरै नयाँ पार्टी आएको, महामन्त्रीले केके सोध्यो भनेर पार्टीबाटै निकालिदिएछन् । भन्ने बेलामा भयंकर लोकतन्त्र भन्छन् । त्यो स्वर टेलिभिजनमा सुन्दा त नेपाल नै उथलपुथल भएर अलोकतान्त्रिक भन्ने धर्तीमुनि पस्ला जस्तो, भरे सतहमा आउँदा त नागरिकता हेर्‍यो दुइटा, राहदानी दुइटा, अरु के तीन वटा, त्यसपछि सहकारी ठगी, अनि उसैलाई देशको सबै जिम्मा, उसलाई त्यहाँ राख्ने ओली र प्रचण्ड पनि जिम्मेवार छन् । नेता रावलले अब प्रधानमन्त्री बन्न लागेका ओलीले सहकारी ठगीमा संलग्नलाई कारबाही नगरे त्यसको मतियार हुने आरोप लगाए । उनले देशको सूचना बेच्ने व्यक्ति सदनमा छ भन्ने गृहमन्त्रीले दोषीलाई कारबाही गरेर देखाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
११ दल मिल्नुको कुनै अर्थ छैन : सूर्य थापा

     नेकपा एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले ११ पार्टीहरुको मिसिनुको उद्देश्य केपी...

अझै पाँचहजार कैदी फरार

    गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ को घटनामा देशका...

कति पुग्यो आज अमेरिकी डलरको भाउ?

  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  राष्ट्र...

निर्वाचन आचारसंहिताको मस्यौदा तयार

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी,...