टीभीमा बोल्दा उथलपुथल गर्छु भन्थे, प्रश्न गर्नेलाई पार्टीबाट निकाले : भीम रावल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता भीम रावल उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि खनिएका छन् । सहकारी रकम अपचलनपछिको परिस्थितिबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सहकारी ठगीमा संलग्न व्यक्तिलाई जोगाउन प्रहरी प्रशासन र राजनीतिक दलका शीर्ष नेताहरु लागेको जिकिर गरे । उनले भने, ‘अहिले पार्टीमा केही सोध्न पनि पाइँदैन, भर्खरै नयाँ पार्टी आएको, महामन्त्रीले केके सोध्यो भनेर पार्टीबाटै निकालिदिएछन् । भन्ने बेलामा भयंकर लोकतन्त्र भन्छन् । त्यो स्वर टेलिभिजनमा सुन्दा त नेपाल नै उथलपुथल भएर अलोकतान्त्रिक भन्ने धर्तीमुनि पस्ला जस्तो, भरे सतहमा आउँदा त नागरिकता हेर्‍यो दुइटा, राहदानी दुइटा, अरु के तीन वटा, त्यसपछि सहकारी ठगी, अनि उसैलाई देशको सबै जिम्मा, उसलाई त्यहाँ राख्ने ओली र प्रचण्ड पनि जिम्मेवार छन् । नेता रावलले अब प्रधानमन्त्री बन्न लागेका ओलीले सहकारी ठगीमा संलग्नलाई कारबाही नगरे त्यसको मतियार हुने आरोप लगाए । उनले देशको सूचना बेच्ने व्यक्ति सदनमा छ भन्ने गृहमन्त्रीले दोषीलाई कारबाही गरेर देखाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...