प्रधानमन्त्री प्रचण्ड र शेखर कोइरालाबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। नेता कोइरालाले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्रीले बोलाएपछि आफू बालुवाटार गएको नेता कोइरालाले बताए । उनले भने उहाँले बोलाउनुभएपछि म गएको हुँ । समासायिक विषयमा कुराकानी भयो । कांग्रेस र एमाले मिलेर सरकार बनाएर अघि बढ्ने सहमति भइरहेको बेलामा नेता कोइराला बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेससँगको सहमति अनुसार पहिलो कार्यकाल ओली प्रधानमन्त्री बन्दैछन् । तर, आफू अल्पमतमा हुँदा पनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बाटो रोजेपनि ओलीलाई प्रधानमन्त्री बन्न छेक्नसक्ने विश्लेषण भइरहेको छ । प्रचण्ड संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री बनेका हुन् । सदनबाट विश्वासको मत लिँदा नपाए स्वतः धारा ७६ (३) अनुसारको सरकार बन्ने माओवादी नेताहरूको जिकिर छ। यद्यपि, कांग्रेसले ७६ (२) अनुसार नै ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय पार्टीबाट औपचारिकरूपमा गरिसकेको छ । तर, सरकार गठन आव्हानमा राष्ट्रपतिले कुन धारा समात्छन् चासो पनि छ । राष्ट्रपतिले ७६ (३) अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरे ठूलो दलको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । यो अन्योलताबीच हिजो नेता कोइरालाले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सरकार गठन प्रत्रिया ७६ (३) मा जानसक्ने आशंका व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...