लुम्बिनी प्रदेशका मन्त्रालय नै डुबानमा



हाम्रो इकोनोमि

 

अविरलको वर्षाले लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका मौरीघाटमा रहेका प्रदेश सरकारका मन्त्रालयहरु डुबानमा परेका छन् ।लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय डुबानमा परेका छन् । दुई मन्त्रालयमा एक फिटसम्म पानी पसेको पुनले बताए । केही भवनमा निर्माणको काम भइरहेको र नालीभन्दा मन्त्रालयका भवनहरू तल हुँदा डुबानमा परेको पुनले बताए । राजधानी स्थापना भएपछि त्यहाँ बनेका अन्य संरचनाहरूमा पानीको सहज निकास छैन । जसले गर्दा समस्या आएरहेको छ ।

दाङमा शुक्रबार रातिदेखि वर्षा भइरहेको छ । लगातार परिरहेको वर्षाका कारण दाङको देउखुरीका बस्ती डुबानमा परेका छन । राप्ती गाउँपालिका-५ लठ्ठहवा, पहरूवा र कालापानी लगायतमा गाउँमा बाढी पसेको छ । बाढीका कारण उच्च जोखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम सुरु भएको छ । सुरक्षा निकायहरुले उच्च जोखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...