नेकपा एसको केन्द्रीय कमिटीबाट प्रेम आले आउट



हाम्रो इकोनोमि

 

 

 नेकपा एसको महाधिवेशन बंक गरेका प्रेम आले केन्द्रीय कमिटीबाट हटाइएको छ । महाधिवेशनबाट ९३ सदस्यीय केन्द्रीय सदस्य घोषणा गर्दा प्रेम आले अटाएका छैनन् । डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद रहेका आले पार्टीको १० औँ महाधिवेशनमा पनि सहभागी भएनन् । महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अरू पदाधिकारी पनि चयन भएको छैन । बाँकी १० दिनभित्र टुंग्याउने तयारी छ । पार्टी नेतृत्वसँग असन्तुष्ट रहेका आलेलाई केन्द्रीय सदस्यमा नराखिएको हो । नेकपा एसको आज ९३ जनाको नाम घोषणा गरे पनि २९९ सदस्यीय कमिटी बनाउनेछ । निवर्तमान केन्द्रीय सचिवालयको बैठकले साबिक पोलिटब्युरो कमिटीमा रहेकाहरूलाई केन्द्रीय सदस्य घोषणा गरेको हो । यसअघि आले पोलिटब्युरो सदस्य थिए । साबिक पोलिटव्युरो र स्थायी कमिटीमा रहेका  रामजी शर्मा,गोविन्द कोइराला,गौरा प्रसाई कोइराला,सारदा सुवेदी,कृष्ण प्रसाद सापकोटा,प्रेमनारायण पौडेल र हर्कमान तामाङ पनि बिदा भएका छन् ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...