नेकपा एसको केन्द्रीय कमिटीबाट प्रेम आले आउट



हाम्रो इकोनोमि

 

 

 नेकपा एसको महाधिवेशन बंक गरेका प्रेम आले केन्द्रीय कमिटीबाट हटाइएको छ । महाधिवेशनबाट ९३ सदस्यीय केन्द्रीय सदस्य घोषणा गर्दा प्रेम आले अटाएका छैनन् । डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद रहेका आले पार्टीको १० औँ महाधिवेशनमा पनि सहभागी भएनन् । महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अरू पदाधिकारी पनि चयन भएको छैन । बाँकी १० दिनभित्र टुंग्याउने तयारी छ । पार्टी नेतृत्वसँग असन्तुष्ट रहेका आलेलाई केन्द्रीय सदस्यमा नराखिएको हो । नेकपा एसको आज ९३ जनाको नाम घोषणा गरे पनि २९९ सदस्यीय कमिटी बनाउनेछ । निवर्तमान केन्द्रीय सचिवालयको बैठकले साबिक पोलिटब्युरो कमिटीमा रहेकाहरूलाई केन्द्रीय सदस्य घोषणा गरेको हो । यसअघि आले पोलिटब्युरो सदस्य थिए । साबिक पोलिटव्युरो र स्थायी कमिटीमा रहेका  रामजी शर्मा,गोविन्द कोइराला,गौरा प्रसाई कोइराला,सारदा सुवेदी,कृष्ण प्रसाद सापकोटा,प्रेमनारायण पौडेल र हर्कमान तामाङ पनि बिदा भएका छन्

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...