संसदीय छानबिन समितिले गृहसचिव, आईजीपी र सीआईबी प्रमुखसँग गर्‍यो छलफल



हाम्रो इकोनोमि

 

 

सहकारीको बचत रकम दुरुपयोग छानबिनका लागि गठित संसदीय विशेष समितिले गृहसचिव, प्रहरी महानिरीक्षक (आईजीपी), सीआईबी प्रमुखसँग छलफल गरेको छ । सांसद सूर्य थापा सभापति रहेको संसदीय समितिलाई छानबिनका लागि ३ महिनाभित्रको समय सीमा दिइएको थियो । सहकारीको ठगीबारे गरिएका उजुरी र अनुसन्धानको स्थितिबारे समितिले गृहसचिव एकनारायण अर्याल, आईजीपी वसन्त कुँवर र श्यामलाल ज्ञवालीसँग बयान लिएको हो । बिहीबारको बैठकमा समितिको कार्यादेशको अनुसूचीमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरिएको थियो । साथै उनीहरूलाई समितिले बयानका लागि बोलाएको छ । हिजो महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुख, महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसहितका अधिकारीसँग छलफल गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...