संसदीय छानबिन समितिले गृहसचिव, आईजीपी र सीआईबी प्रमुखसँग गर्‍यो छलफल



हाम्रो इकोनोमि

 

 

सहकारीको बचत रकम दुरुपयोग छानबिनका लागि गठित संसदीय विशेष समितिले गृहसचिव, प्रहरी महानिरीक्षक (आईजीपी), सीआईबी प्रमुखसँग छलफल गरेको छ । सांसद सूर्य थापा सभापति रहेको संसदीय समितिलाई छानबिनका लागि ३ महिनाभित्रको समय सीमा दिइएको थियो । सहकारीको ठगीबारे गरिएका उजुरी र अनुसन्धानको स्थितिबारे समितिले गृहसचिव एकनारायण अर्याल, आईजीपी वसन्त कुँवर र श्यामलाल ज्ञवालीसँग बयान लिएको हो । बिहीबारको बैठकमा समितिको कार्यादेशको अनुसूचीमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरिएको थियो । साथै उनीहरूलाई समितिले बयानका लागि बोलाएको छ । हिजो महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुख, महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसहितका अधिकारीसँग छलफल गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस
समाजवादी मोर्चाबाट विप्लव अलग

    नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चाबाट अलग...

हयात होटलद्वारा सबै कर्मचारी बर्खास्त

  हयात रिजेन्सी होटलले जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा...

असारसम्मलाई जग्गाको कित्ताकाट खुल्यो

  सरकारले  नियमावली २०७९ मा तेस्रो पटक संशोधन गर्दै जग्गाको कित्ताकाट खुलाएको छ। ...

मधेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर

    मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध नेकपा (एमाले) बाहेकका ७४ जना सांसदले...