वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सहित तीन नेताको दाबी



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीले आज पार्टी पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत घोषणा गर्ने तयारी गरेको छ । प्रज्ञा भवनमा जारी महाधिवेशनले पार्टीले सबै तहको नेतृत्व सर्वसम्मत आजै घोषणा गर्ने गरी छलफल भइरहेको उपमहासचिव गंगालाल तुलाधरले बताए । उनले भने,  ‘हामी अहिले छलफलमै छौँ । सहमतिको प्रयास गरिरहेका छौँ । अहिले केन्द्रीय सदस्य चयनका लागि प्रदेश प्रदेशमा छलफल भइसकेको छ । सकेसम्म आज बेलुकासम्म सबै नेतृत्व घोषणा हुन्छ । गत असार १६ गतेदेखि सुरु भएको महाधिवेशनमा अध्यक्ष माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई बनाउने सहमति भइसकेको छ । अहिले नेकपा एसमा वरिष्ठ उपाध्यक्षमा नेताहरूले बलियो आकांक्षा राखेका छन् । अहिलेका उपाध्यक्षहरू राजेन्द्र पोण्डे, वेदुराम भुसाल र प्रमेश हमालले अडान नछाडेको एक नेताले बताए । ती नेताले भने, ‘वरिष्ठ उपाध्यक्ष चयनमा तीन नेताको चर्को दाबी प्रस्तुत भएपछि नेतृत्वलाई समस्या भएको छ। सहमतिमै जाने भएपछि मिल्नुको विकल्प छैन । तर, अहिलेसम्म यहाँहरू कसैले दाबी छाड्नुभएको छैन ,वरिष्ठ उपाध्यक्षमा एक जनालाई व्यवस्थापन गरेर अरूलाई उपाध्यक्षमै दोहोर्‍याउने नेतृत्वको तयारी छ । ती नेता थप्छन्, ‘उपाध्यक्ष, उपमहासचिव र सचिवमा पनि आकांक्षी धेरै छन् ।  अध्यक्ष मण्डलले गृहकार्य गरिरहेको छ । पुरानै सेटकमा केही हेरफेर भएर पदाधिकारी आउने देखिएको छ । नेकपा एसले वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव नेतृत्वले छान्दैछन् । उपाध्यक्षमा १ महिला, १ मधेशी, अरू खुला रहनेछन् । सचिव रामकुमारी झाँक्रीले पनि उपाध्यक्षमा दाबी गरे पनि अहिलेसम्म सहमति नभएको ती नेताले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...