वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सहित तीन नेताको दाबी



 

 

नेकपा एकीकृत समाजवादीले आज पार्टी पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत घोषणा गर्ने तयारी गरेको छ । प्रज्ञा भवनमा जारी महाधिवेशनले पार्टीले सबै तहको नेतृत्व सर्वसम्मत आजै घोषणा गर्ने गरी छलफल भइरहेको उपमहासचिव गंगालाल तुलाधरले बताए । उनले भने,  ‘हामी अहिले छलफलमै छौँ । सहमतिको प्रयास गरिरहेका छौँ । अहिले केन्द्रीय सदस्य चयनका लागि प्रदेश प्रदेशमा छलफल भइसकेको छ । सकेसम्म आज बेलुकासम्म सबै नेतृत्व घोषणा हुन्छ । गत असार १६ गतेदेखि सुरु भएको महाधिवेशनमा अध्यक्ष माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई बनाउने सहमति भइसकेको छ । अहिले नेकपा एसमा वरिष्ठ उपाध्यक्षमा नेताहरूले बलियो आकांक्षा राखेका छन् । अहिलेका उपाध्यक्षहरू राजेन्द्र पोण्डे, वेदुराम भुसाल र प्रमेश हमालले अडान नछाडेको एक नेताले बताए । ती नेताले भने, ‘वरिष्ठ उपाध्यक्ष चयनमा तीन नेताको चर्को दाबी प्रस्तुत भएपछि नेतृत्वलाई समस्या भएको छ। सहमतिमै जाने भएपछि मिल्नुको विकल्प छैन । तर, अहिलेसम्म यहाँहरू कसैले दाबी छाड्नुभएको छैन ,वरिष्ठ उपाध्यक्षमा एक जनालाई व्यवस्थापन गरेर अरूलाई उपाध्यक्षमै दोहोर्‍याउने नेतृत्वको तयारी छ । ती नेता थप्छन्, ‘उपाध्यक्ष, उपमहासचिव र सचिवमा पनि आकांक्षी धेरै छन् ।  अध्यक्ष मण्डलले गृहकार्य गरिरहेको छ । पुरानै सेटकमा केही हेरफेर भएर पदाधिकारी आउने देखिएको छ । नेकपा एसले वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव नेतृत्वले छान्दैछन् । उपाध्यक्षमा १ महिला, १ मधेशी, अरू खुला रहनेछन् । सचिव रामकुमारी झाँक्रीले पनि उपाध्यक्षमा दाबी गरे पनि अहिलेसम्म सहमति नभएको ती नेताले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
इरान आक्रमण : रुस र चीनद्वारा अमेरिकाको कडा निन्दा

    आणविक स्थलहरूमा अमेरिकी आक्रमणपछि इरानले माग गरेको संयुक्त राष्ट्र सुरक्षा परिषद्

लुम्बिनीकी सांसद सुमन शर्माविरुद्ध पक्राउ पुर्जी

    लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित वेगनास लेक फ्रन्ट

नेपालका ७२ जिल्ला लिजमा दिउँ भनेपछि सदनमा लफडा, अमरेशलाई कारबाही गर्न माग

    स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालका ४/५ जिल्लामा मात्र बजेट परेको