बागमती प्रदेश एमालेका मन्त्रीहरूले आजै राजीनामा बुझाउने



हाम्रो इकोनोमि

 

 

 केन्द्रीय गठबन्धनमा आएको फेरबदलको असर प्रदेशमा पर्न सुरू भएको छ । सोहीक्रममा बागमती प्रदेश सरकारबाट नेकपा एमाले बहिरिने भएको छ । आजै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने भएका छन् । चार महिनाअघि चैत १७ गते माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा एमाले दोस्रोपटक सहभागी भएको थियो । तर, पुन: कांग्रेस र एमालेको सहमतिपछि एमालेले सरकार छाड्ने भएको हो ।  एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री जगन्नाथ थपलियाले आज साँझसम्म सरकारबाट बाहिरिने आफूहरूको तयारी रहेको बताए । उनले भने, ‘पार्टीको केन्द्रीय नीतिअनुसार हामीले सकेसम्म आज नै सरकारबाट बाहिरिने तयारी गरेका छौँ । आफूहरू अहिले काठमाडौंमा रहेको र मुख्यमन्त्री जम्कट्टेल पनि काठमाडौं रहेकोले साँझसम्म हेटौंडा फर्किएर सामूहिक राजीनामा दिने उनले बताए । मुख्यमन्त्रीज्यूलाई काठमाडौंमै राजीनामा बुझाउने विषयमा कुरा भएको थियो । तर, मुख्यमन्त्रीकै कार्यालयमा आएर प्रक्रिया पूरा गर्न उहाँले अनुरोध गर्नुभएकाले हामी हेटौंडा जाने तयारीमा छौं’, थपलियाले भने । बागमतीमा थपलियासहित एमालेका पाँचजना मन्त्री छन् । अन्य मन्त्रीमा उघोग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ , वन तथा वातावरणमन्त्री केशव पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्री एकलाल श्रेष्ठ छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...