खल्तीमा राजीनामा बोकेर हिँडेको मन्त्रीहरु के गर्दैछन ?



हाम्रो इकोनोमि

 

 

जुन बेला प्रचण्ड मन्त्रिपरिषद् नियमित दिनचर्यामा थियो, त्यस बेलै रास्वपाका मन्त्री खल्तीमा राजीनामा बोकेर हिँडेको बताउने गर्थे । काम गर्न नदिए, वा गर्न नसके तुरुन्तै सरकारबाट हट्न आफूहरूलाई केहीले र कोहीले रोक्न नसक्ने प्रतिक्रिया दिन्थे । जस्तो कि युवा तथा खेलकुद् मन्त्री विराजभक्त श्रेष्ठले १ असारमा भनेका थिए, ‘रास्वपा यो सरकारबाट बाहिर आउन तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौं । मन्त्री श्रेष्ठको बोलीलाई लिएर संसदमा छेडखानी पनि चलेको थियो । कांग्रेस उपसभापति धनराज गुरुङले राजीनामा पत्र बर्खामा खसेर भिज्न सक्ने भएकाले लेमिनेसन गरेर राख्न व्यङ्ग्यामक सुझाव दिएका थिए । यो बीचमा प्रधानमन्त्री प्रचण्डले मूख्य साझेदार एमालेको समर्थन फिर्तासँगै पदमा बसिराख्ने राजनीतिक सामर्थ्य गुमाएका छन् । अब उनको संसदीय शक्तिको औपचारिक परीक्षण हुनमात्रै बाँकी छ । संसदको ठूलो दल कांग्रेसले प्रचण्डलाई राजीनामा दिन भनिसकेको छ । अनि एमालेले आफ्ना मन्त्री फर्काइसकेको छ । तर खल्तीमै राजीनामा बोकी हिँडेको बताउने रास्वपा मन्त्रीहरु भने पदमै बहाल छन् । उनीहरु बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा बुझाउने तयारीमा थिए । बालुवाटार पुगेका उनीहरुलाई प्रधानमन्त्रीले फस्ल्याङफुस्लुङ पारिदिए । बिहान ८ बजे चिठी बोकेर पुगेर पुगेका मन्त्रीहरुमा पार्टी सभापति तथा उपप्रधानमन्त्री रवि लामिछाने सहित पार्टीका उपसभापति समेत रहेका श्रममन्त्री डिपी अर्याल थिए । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार उनीहरुसँगै थिए । प्रचण्डले भने आफूले संसदमा विश्वासको मत लिने तयारी गरेको भन्दै त्यसबेलासम्म कुर्न आग्रह गरे । प्रधानमन्त्रीसँग बैठकपछि पार्टीका संसदीय दल प्रमुख सचेतक सन्तोष परियारले भने, ‘उहाँले विश्वासको मत लिन्छु, म सदन फेस गर्छु भनिसकेपछि उहाँको संवैधानिक अधिकारलाई त सम्मान गरिदिनुपर्‍यो नि । रास्वपा मन्त्रीलाई यो थाहा नभएको होइन कि संसदमा अहिले प्रधानमन्त्री अल्पमतमा छन् । पहिलो र दोस्रो ठूलो दलले नै विश्वास नदिएपछि प्रचण्डका लागि संसद फेस गर्ने कुरा प्राविधिक प्रक्रियामात्रै हो, तै पनि रास्वपा किन अझै मन्त्रिपरिषदमा बसिराख्न चाहन्छ त ? सत्ता गठबन्धनमा आफ्नो पार्टी साझेदार भइसकेपछि सरकार नढल्दासम्म आफ्नो जिम्मेवारी रहिराख्ने रास्वपा नेतृत्वको तर्क छ । प्रमुख सचेतक परियार भन्छन्, ‘हामीले प्रधानमन्त्रीलाई विश्वासको मत लिन ढिला नगर्नुस् भनेका छौं, प्रधानमन्त्रीले म विश्वासको मत लिँदैछु भनिसकेपछि सत्ता साझेदार दलका हिसाबले जिम्मेवारी हाम्रो पनि हो नि त ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...