एकीकृत समाजवादीमा सर्वसहमतिको प्रयास



 

 

नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्व सर्वसहमतिबाट टुंग्याउने प्रयास चलिरहेको छ । सर्वसहमतिबाट नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । आज बिहान १० बजेबाटै निर्वाचन प्रक्रिया अगाडि बढाउने कार्यतालिका तय गरिएको थियो । तर नेतृत्वमा सर्वसहमतिको प्रयास गर्ने भनेर अहिलेसम्म निर्वाचन प्रक्रिया अगाडि बढाइएको छैन । नेताहरू लगातार छलफलमा जुटिरहेका छन् । अहिलेसम्म नटुंगिए पनि हामी सर्वसहमतिबाट नेतृत्व चयन गर्छौ, त्यसैका लागि छलफल चलिरहेको छ,’ प्रकाश ज्वालाले भने । उनले मतदानसम्म नपुर्‍याउने प्रयास भइरहेको पनि बताए । प्रतिवेदनहरू पारित भएपछि सुरु भएको छलफल हिजो राति १ बजेसम्म चलेको थियो । फेरि आज बिहानबाट सुरु भएको छलफल अहिले पनि चलिरहेको छ । सहमति जुट्न भने सकेको छैन । पार्टी अध्यक्ष पदमा माधव नेपाल र घनश्याम भूसालले दाबी गरेका छन् । दुवैले अडान नछोड्दा सर्वसहमति हुन सकेको छैन । तर बन्दसत्रमा अधिकांश प्रतिनिधिले सर्वसहमति गर्न दबाब दिएपछि नेताहरू सर्वसहमति जुटाउन छलफलमा छन् । एकीकृत समाजवादीमा २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ ।

प्रकाशित मिति : २१ असार २०८१, बिहिबार  ०८ : १५  बजे

प्रतिक्रिया दिनुहोस
नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता

    नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

    प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा

वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी

    नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १०

ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्

    विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १०