एकीकृत समाजवादीमा सर्वसहमतिको प्रयास



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्व सर्वसहमतिबाट टुंग्याउने प्रयास चलिरहेको छ । सर्वसहमतिबाट नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । आज बिहान १० बजेबाटै निर्वाचन प्रक्रिया अगाडि बढाउने कार्यतालिका तय गरिएको थियो । तर नेतृत्वमा सर्वसहमतिको प्रयास गर्ने भनेर अहिलेसम्म निर्वाचन प्रक्रिया अगाडि बढाइएको छैन । नेताहरू लगातार छलफलमा जुटिरहेका छन् । अहिलेसम्म नटुंगिए पनि हामी सर्वसहमतिबाट नेतृत्व चयन गर्छौ, त्यसैका लागि छलफल चलिरहेको छ,’ प्रकाश ज्वालाले भने । उनले मतदानसम्म नपुर्‍याउने प्रयास भइरहेको पनि बताए । प्रतिवेदनहरू पारित भएपछि सुरु भएको छलफल हिजो राति १ बजेसम्म चलेको थियो । फेरि आज बिहानबाट सुरु भएको छलफल अहिले पनि चलिरहेको छ । सहमति जुट्न भने सकेको छैन । पार्टी अध्यक्ष पदमा माधव नेपाल र घनश्याम भूसालले दाबी गरेका छन् । दुवैले अडान नछोड्दा सर्वसहमति हुन सकेको छैन । तर बन्दसत्रमा अधिकांश प्रतिनिधिले सर्वसहमति गर्न दबाब दिएपछि नेताहरू सर्वसहमति जुटाउन छलफलमा छन् । एकीकृत समाजवादीमा २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...