गगन थापाले भने प्रधानमन्त्रीबाट राजीनामा दिएर घर जानुस



 

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्पष्टरूपमा अल्पमतमा परिसकेपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संविधानअनुसार विश्वासको मत लिने अधिकार प्रधानमन्त्रीलाई भएपनि अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन् । समावेशी र समानुपातिक प्रतिनिधित्वलगायतका विषयका साथै संघीयतालाई कार्यान्वयन गर्न संविधान संशोधन गर्नुपर्ने आवश्यकता विगत ७ वर्षमा सबैले महसुस गरेको थापाको भनाइ छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई थप परिमार्जित र परिष्कृत गरेर अझै मजबुत बनाउने उद्देश्यले कांग्रेस र एमालेबीच नयाँ सहकार्य शुरू गरिएको पनि उनले बताए । थापाले एमालेसँगको नयाँ गठबन्धन बनाइसकेपछि पनि प्रधानमन्त्री प्रचण्डको अस्थिर चरित्रका कारण उनको नेतृत्वको सरकार ढलेको जिकिर गरे । संविधान संशोधनका लागि नेपाली कांग्रेस र एमालेका संख्याले मात्र नपुग्ने भएकाले अन्य दलहरूसहितको राष्ट्रिय सहमतिको सरकार बनाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सिद्धबाबा सुरूङ मार्ग छिचोलियो

    राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक

यो सरकार २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज

प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश

    प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी

यो सरकार काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका