नेकपा एसका दुई मन्त्रीले राजीनामा नदिने



 

 

नेकपा एकीकृत समाजवादी(एस)का दुई मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । नेकपा एसबाट सरकारमा सहभागी भएका दुई मन्त्रीहरुले राजीनामा नदिने नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनले भने,‘प्रधानमन्त्रीलाई हाम्रो विश्वासको मत छ । हाम्रो मन्त्रीहरुले राजीनामा दिनुहुँदैन ।  एसबाट सहरीविकास र संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी छ । सरकार फेरबदलसँगै नेकपा एमालेका मन्त्रीहरुले राजीनामा बुझाएका छन् ।सहरी विकास  मन्त्रालयमा धन बहादुर बुढा र सामान्य प्रशासन मन्त्रालयमा भानुभक्त जाेशी छन् । साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । त्यसैगरी रास्वपाका मन्त्रीहरुले पनि आज राजीनामा बुझाउने तयारी गरेको छ । एमाले सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउस घेराउ, सबै राज्यमा प्रदर्शन

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिहरूको विरोधमा हजारौँ प्रदर्शनकारी फेरि एकपटक सडकमा

चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सी का ८ नियमको चर्चा

        चीनको विकास र चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सी

काठमाडौंमा बढाइयो सुरक्षा सतर्कता, निषेधित क्षेत्र तोड्न नदिने

     राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गर्दै सुरक्षाकर्मीको

सशान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : राजेन्द्र लिङ्देन

    राप्रपाले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य घोषणाको माग गर्दै आज बिहान