प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न कांग्रेसको आग्रह



 

 

 नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले दुई ठूला दल मिलेर सरकार बनाउने सहमति गरेपछि मार्ग प्रशस्त गर्न आग्रह गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । उनले भने, ‘सबैभन्दा ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउने भनेपछि प्रधानमन्त्री मार्ग प्रशस्त गर्नुपर्छ । उहाँले अब मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ । अरू दलको पनि समर्थन घोषणा भइरहेको छ । त्यसैले हामीले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छौँ । यस्तै, महामन्त्री विश्वप्रकाश शर्मा पनि एमालेले सरकारलाई दिएको समर्थन आज फिर्ता लिने सम्भावना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ट्र्याक्टर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

    कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९

राप्रपा महामन्त्री धवलशमशेर हाजिर जमानीमा रिहा

     राप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । चैत

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा