रास्वपा महामन्त्री मुखमा कालोटेप लगाएर बैठकमा



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री डा. मुकुल ढकालले मुखमा कालो टेप टाँसेर विरोध गरेका छन् । बिहान साढे ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको बैठकको लाइभ नगरेपछि महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर बैठकको विरोध गरेका हुन् । उनले  मुखमा मास्क लगाएर बाहिरबाट टेप लगाएर बैठकमा सहभागी भाएका छन् । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भइरहेकाे छ । साथै नयाँ सत्ता समीकरण, महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल गरिने र पार्टीले आफ्नो धारणा बनाउने तयारी थियो । ढकालले केहीदिन अघिदेखि नै बैठक लाइभ गर्न माग गर्दै आइरहेका थिए । तर आजको बैठकमा लाइभ नगरेपछि उनले सांकेतिक रुपमा विरोध गरेका हुन् ।

    

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...