४७ अंकले बढ्यो शेयर बजार, कांग्रेस-एमाले सहकार्य प्रभाव



 

 

आज शेयर बजार ४७.०४ अंकले बढेको छ । मंगलबार बजार खुलेपछि दुई पटकसम्म सर्किट ब्रेक लगेको नेप्से परिसूचक अन्ततः ४७.०४ अंकले बढेर २१००.४३ को बिन्दुमा अडिएको छ । यस दिन बजारमा १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयरको खरिदबिक्री हुँदा ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । मंगलबार प्रिओपन सेसनबाटै दोहोरो अंकले बढ्दै गएको नेप्से तीव्र उतारचढावपछि बिस्तारै सम्हालिदै गएको थियो । कारोबारका आधारमा यस दिन १२ करोड ३३ लाख ८५ हजार रुपैयाँको कारोबारका साथ एनआरएन इन्फास्टकचर एन्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ ।

यस्तो रह्यो उतारचढाव

बजार खुलेको एक मिनेटमै पहिलो सर्किट ब्रेक लगेर २० मिनेटका लागि कारोबार बन्द भएको थियो । जहाँ एक मिनेटमै ८२.४८ अंकले २१३५.८७ को बिन्दुमा पुगेको थियो । पहिलो सर्किट ब्रेकपछि २० मिनेटका लागि बन्द भएको बजार ११ बजेर २१ मिनेटमा खुलेको थियो । पहिलो सर्किटपछि खुलेको बजार एक मिनेट पनि नहुँदै ११ बजेर २१ मिनेटमै दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२.६८ अंकले बढेर २१५६.०७ बिन्दुमा अडिएको थियो । दोस्रो सर्किट लाग्दा ३ लाख ४६ हजार ५३५ कित्ता शेयरको खरिदबिक्री हुँदा १४ करोड १७ लाख ७३ हजार रुपैयाँको कारोबार भएको थियो । शेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले नेप्से परिसूचक बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले नेप्से परिसूचक बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ । त्यसै गरी ६ प्रतिशतले परिसूचक बढेमा दिनभरिको कारोबारमा ब्रेक लाग्ने गर्दछ । अर्थात् दिनभरको कारोबार नै बन्द हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
पाँच हजार मेगावाट पीपीए गर्दै विद्युत् प्राधिकरण

    नेपाल विद्युत् प्राधिकरणले ५ हजार मेगावाटका जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता

हारेकाले अर्को संगठन बनाउँदैमा एनआरएनए विभाजित हुँदैन : प्रधानमन्त्री

    गैर आवासीय नेपाली संघ विभाजन गर्ने शेष घले र महेश श्रेष्ठलगायतको

राष्ट्र बैंकमा ३ खर्ब ३५ अर्ब थुप्रियो, व्यवस्थापन गर्न सकस

    वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्दीय बैंकलाई तरलता र ब्याजदर व्यवस्थापन

नबिल प्रिमियम रेमिटेन्स बचत खाता वैदेशिक रोजगार श्रमीककालागी साथी

    विदेशमा कामगर्न गएका र श्रम स्वकिृत लिएर बसेको रोजगारीका लागी विदेश