देउवाले प्रचण्डलाई भने : अहिलेलाई सरी



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सात बुँदे सहमति गरेका कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार बिहान पार्टी पदाधिकारीहरुसँग छलफलमा थिए । आफ्नै निवास बुढानीलकण्ठमा बसेको बैठकमा उनले सहमतिबारे ब्रिफिङ गरे । एमालेसँगको वार्तामा सहभागी कांग्रस नेताहरुले सातबुँदे सहमति पढेर सुनाए । त्यसपछि नेताहरुले धारणा राखिरहेका थिए । त्यही बेला कांग्रेस सभापति देउवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोन गरे । एक पदाधिकारीका अनुसार माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले देउवालाई टेलिफोनमा के भएको हो भनी सोधेका थिए । बालुवाटार स्रोतका अनुसार देउवालाई फोन गर्नुअघि प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए । त्यो भेटमा ओलीले ‘देउवाजीले राष्ट्रिय सहमतिको सरकार बनाउँ भन्नुभयो, तपाईँले पनि सहयोग गर्नुपर्‍यो’ भनेका थिए । सहमतिबारे ओलीले प्रष्ट नबताएकाले प्रचण्डले देउवालाई फोन गरेका थिए । जवाफमा देउवाले ‘एमालेसँग सरकार बनाउने सम्झौता भइसक्यो, अहिलेलाई सरी’ भनेको कांग्रेसका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
सन्तोष परियारले छाडे पनि रास्वपा

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन्...

सिंगापुरबाट आज स्वदेश फर्किँदै देउवा-दम्पती

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् ।...

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत...

दल र नेतालाई अवरोध गरेर चुनाव हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार...