ओलीले प्रचण्डलाई भने राजीनामा गर्नुस्



हाम्रो इकोनोमि

 

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा गर्न आग्रह गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका ओलीले कांग्रेस र एमालेबीच मिलेर जाने सहमति भएकाले मार्गप्रशस्त गर्न ओलीले आग्रह गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले ओलीलाई समझदारी कसरी भत्कियो भनी प्रश्न गरेका थिए । उनले संविधान चलाउने खोजेको हो भनी ओलीलाई सोधेका थिए । ओलीले मुख्य राजनीतिक मुद्दाहरुमा अहिले पनि समझदारी नै कायम रहने मोटो जवाफ दिँदै आफूलाई सघाउन समेत आग्रह गरेको बुझिएको छ ।

‘खासमा अहिले पनि हाम्रो समझदारी नै छ, तपाईंलाई बाहिर राखेर कहाँ छुट्टै समझदारी हुन्छ र भन्दै आउनुभएको थियो,’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘तर उहाँ अगाडि बढ्नुभयो । संविधान चलाउने कुरा गर्नुभएको छ । त्यो हामी सम्भव देख्दैनौं । प्रचण्डले ओलीलाई भनेको उद्धृत गर्दै ती नेताले भने, ‘संविधान नै मान्दिनँ भनेर हिँडेका विप्लव समूहदेखि मधेशका केही पक्षसमेत स्वीकार्ने ठाउँमा आइपुगेका छन् । अब संविधान चलाउन थाल्नुभयो भने माओवादीले द्वन्द्व गर्नुपर्दैन, बहुआयामिक द्वन्द्व हुन सक्छ ।

ओलीले भने राजनीतिक स्थायित्वका लागि केही कदम उठाउनैपर्ने भएकाले माओवादी त्यस प्रक्रियामा सहभागी बनोस् भन्ने आफूले चाहेको आग्रह गरेका थिए । मैले तपाईंलाई यसबीचमा धेरैपटक साथ दिएँ, कति कुरा चित्त नबुझ्दा पनि असहयोग गरिनँ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब सघाउने पालो तपाईंको । ओली भर्खरै बालुवाटारबाट बाहिरिएका छन् । माओवादी केन्द्रका पदाधिकारीसँग प्रचण्डको बैठक सुरु भएको छ । कांग्रेस र एमाले सांसदको बहुमत संख्या देखाउँदै ओली संविधानको धारा ७६.२ अन्तर्गत प्रधानमन्त्री बन्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...