ओलीले प्रचण्डलाई भने राजीनामा गर्नुस्



 

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा गर्न आग्रह गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका ओलीले कांग्रेस र एमालेबीच मिलेर जाने सहमति भएकाले मार्गप्रशस्त गर्न ओलीले आग्रह गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले ओलीलाई समझदारी कसरी भत्कियो भनी प्रश्न गरेका थिए । उनले संविधान चलाउने खोजेको हो भनी ओलीलाई सोधेका थिए । ओलीले मुख्य राजनीतिक मुद्दाहरुमा अहिले पनि समझदारी नै कायम रहने मोटो जवाफ दिँदै आफूलाई सघाउन समेत आग्रह गरेको बुझिएको छ ।

‘खासमा अहिले पनि हाम्रो समझदारी नै छ, तपाईंलाई बाहिर राखेर कहाँ छुट्टै समझदारी हुन्छ र भन्दै आउनुभएको थियो,’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘तर उहाँ अगाडि बढ्नुभयो । संविधान चलाउने कुरा गर्नुभएको छ । त्यो हामी सम्भव देख्दैनौं । प्रचण्डले ओलीलाई भनेको उद्धृत गर्दै ती नेताले भने, ‘संविधान नै मान्दिनँ भनेर हिँडेका विप्लव समूहदेखि मधेशका केही पक्षसमेत स्वीकार्ने ठाउँमा आइपुगेका छन् । अब संविधान चलाउन थाल्नुभयो भने माओवादीले द्वन्द्व गर्नुपर्दैन, बहुआयामिक द्वन्द्व हुन सक्छ ।

ओलीले भने राजनीतिक स्थायित्वका लागि केही कदम उठाउनैपर्ने भएकाले माओवादी त्यस प्रक्रियामा सहभागी बनोस् भन्ने आफूले चाहेको आग्रह गरेका थिए । मैले तपाईंलाई यसबीचमा धेरैपटक साथ दिएँ, कति कुरा चित्त नबुझ्दा पनि असहयोग गरिनँ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब सघाउने पालो तपाईंको । ओली भर्खरै बालुवाटारबाट बाहिरिएका छन् । माओवादी केन्द्रका पदाधिकारीसँग प्रचण्डको बैठक सुरु भएको छ । कांग्रेस र एमाले सांसदको बहुमत संख्या देखाउँदै ओली संविधानको धारा ७६.२ अन्तर्गत प्रधानमन्त्री बन्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

    सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सम्झौता

    ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच स्वीच एसिया ग्रान्ट