नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय



हाम्रो इकोनोमि

 

 

 राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले अब यो सरकारबाट पार्टी बहिर्गमन हुने निर्णय पनि लिएको छ । अर्को सरकार बन्ने प्रक्रिया सुरु भएपछि मन्त्रीहरू फिर्ता बोलाउने बैठकपछि पार्टीका सचेतक सन्तोष परियारले बताए ।उनले भने, ‘घटना अगाडि बढिसकेपछि हामी अब बन्ने गठबन्धनमा रहँदैनौँ । नयाँ सरकार बन्ने प्रक्रिया अगाडि बढ्ने बित्तिकै हामी यो सरकारबाट बहिर्गमित हुनेछौं । परियारले यो गठबन्धन देश हितमा नरहेको र राजनीतिक स्थायित्व दिने विश्वास पनि नरहेको उल्लेख गरे । दुईवटा ठूला शक्तिहरू सँगै सरकारमा रहनु लोकतान्त्रिक संस्कार नहुने उनको टिप्पणी छ । हामीले गृह प्रशासनबाट सुशासनका लागि नेतृत्वदायी भूमिका निर्वाह भइरहेको थियो । हामीले जे जसरी काम गरिरहेका थियौँ, त्यो पनि यो विकसित घटनाक्रमको एउटा कारण हुन सक्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...