माधव नेपाल र घनश्याम भुसालबीच अध्यक्षमा प्रतिस्पर्धा



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीको आगामी नेतृत्वका लागि माधव नेपाल र घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ । बन्दसत्र जारी रहँदा भावी नेतृत्वका लागि नेपाल र भुसालबीच प्रतिस्पर्धा हुने तय भएको हो । माधव नेपालले अध्यक्ष पद नछाड्ने भएपछि झलनाथ खनाल पक्षले भुसाललाई अघि सार्न लागेको हो । ‘जसको नीति उसकै नेतृत्व’ का लागि भुसाल अध्यक्षको प्रतिस्पर्धामा उत्रिएको अनेरास्ववियूकी अध्यक्ष आरती लामाले बताइन् । अध्यक्षका अर्का दाबेदार झलनाथ खनाल अध्यक्ष मण्डलको अध्यक्ष बनेपछि घनश्याम भुसाललाई खनाल पक्षका नेताहरूले साथ दिएका हुन् । यद्यपि माधव नेपालले उनलाई महासचिवमै दोहोरिन प्रस्ताव गरेका छन् । समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदीले भने माधव नेपाल र झलनाथबीच सहमति भएरै खनाल अध्यक्ष मण्डलको अध्यक्ष बनेको भन्दै भुसाललाई उनको समर्थन नहुने दाबी गरे । तर, खनालनिकट नेताहरू भुसालको पक्षमा लागिसकेका छन् । नेकपा एसको आगामी नेतृत्वका लागि बुधबार निर्वाचन प्रक्रिया शुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...