माधव नेपाल र घनश्याम भुसालबीच अध्यक्षमा प्रतिस्पर्धा



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीको आगामी नेतृत्वका लागि माधव नेपाल र घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ । बन्दसत्र जारी रहँदा भावी नेतृत्वका लागि नेपाल र भुसालबीच प्रतिस्पर्धा हुने तय भएको हो । माधव नेपालले अध्यक्ष पद नछाड्ने भएपछि झलनाथ खनाल पक्षले भुसाललाई अघि सार्न लागेको हो । ‘जसको नीति उसकै नेतृत्व’ का लागि भुसाल अध्यक्षको प्रतिस्पर्धामा उत्रिएको अनेरास्ववियूकी अध्यक्ष आरती लामाले बताइन् । अध्यक्षका अर्का दाबेदार झलनाथ खनाल अध्यक्ष मण्डलको अध्यक्ष बनेपछि घनश्याम भुसाललाई खनाल पक्षका नेताहरूले साथ दिएका हुन् । यद्यपि माधव नेपालले उनलाई महासचिवमै दोहोरिन प्रस्ताव गरेका छन् । समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदीले भने माधव नेपाल र झलनाथबीच सहमति भएरै खनाल अध्यक्ष मण्डलको अध्यक्ष बनेको भन्दै भुसाललाई उनको समर्थन नहुने दाबी गरे । तर, खनालनिकट नेताहरू भुसालको पक्षमा लागिसकेका छन् । नेकपा एसको आगामी नेतृत्वका लागि बुधबार निर्वाचन प्रक्रिया शुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...